फुट लेराउने कुरा नगरौ साथी
त्यसका पछाडि झुट धेरै हुन्छन्
जातीयताको कुरा नगरौ साथी
घटिया मानसिकताले जन्म लिन्छन्
बिग्रन र बिगार्न सजिलो हुन्छ
त्यही बनाउनु परे हाम्रो जूनी बित्छ
पुर्खाले आर्जेको सम्पति हाम्रो
हामी फुटे गवाँर आई लुट्छ
ध्यान राखे साथी सत्य एक हुन्छ
हजार झुठ पनि यस्को अघि चुक्छ
नपरनु कुनै बिदेशी शत्रुको लालचमा
साम्राज्य हाम्रो सदा, मान रहोस् जगतमा !!

जुटौं, नफुटौं
कुरो सहि छ, मानेर जाने