कुरा गर्छौ धर्म कर्म, बातैपित्छे गाई
कसलाई आफ्ना भन्छौ तिमी, को हुन् दाजुभाइ
कुन धर्मको आडमा बोल्छौ, हेर्छौ कहिले ऐना?
कुन ठेकेदारी काम हो तिम्रो, कसले दियो बैना?
आफ्ना मान्छेबीच खुबै राम्रो छवि पारी
धर्मको नाममा तिलक लाउन्छौ, मुख छोप्न दारी
सबलाई समान रुपले हेर्ने छैनन् तिम्रा आँखा
मन तिम्रो कलुशित छ किन पार्छौ ढांचा?
मर्द भै शिर उठाई मलाई ठाडो गरी हेर
आफ्नो पनि गल्ती होलान सोच एक फेर
फरियाभित्र लुकी किन स्त्री को भाषा बोल्छौ
आफ्नै घारमा चोर पाल्छौ, पोल कहिले खोल्छौ?

न्यायिक कुरा गर्नेले तराजुको
न्यायिक कुरा गर्नेले तराजुको दुबै तरफलाई बराबर रुपले हेर्नु पर्छ, एक तरफको मात्र कुरा सुनेर आफुलाई न्यायधिशको उपमा दिँदै हिंड्नु सुहाउँदैन, म छाड्ने छैन।
ढोँगी अघोरी
सन्सारका धेरै थरी मान्छेहरु मध्ये हरी जि ले भन्न खोज्नु भ्एका मान्छेहरु एत्र तत्र भेट्ने गारिन्छन्।
संसारलाई एउटा आँखाले मात्र कागले जस्तो हेरेर, राम्रो र नराम्रो छुट्याउन खोज्नु, पाखन्डी अघोरिको ढोँगी छल मात्रै हो।
मेरा अन्दाजमा पनि छन् तेस्ता मान्छे जो, सत्यको सामना गर्न नसकेर समाजअको अगाडि, गाई र धर्मलाई ढाल बनाइ आफ्नो कमजोरी को फरिया पछाडि लुकेर, जबर्जस्ती बनाइएका सत्रुलाई, नेपथ्य बाट ललकार्छन। तर अचम्मको कुरो के छ भने, हाम्रो समाजले तिनिहरुलाई नै बढी साहानभुति प्रकट गर्दछ, धन्य तिम्रो जीवन।