अनन्त इच्छा जब पूर्ण हुन्नन्
पूरा गर्याे झन् अझ पूर्ण हुन्नन्
इच्छाहरूकै अझ हुन्छ दाउ
प्रभो मलाई अब पार लाऊ ।
छाती भरी लाखन एषणा छन्
नचाहिँदा सोच विवेचना छन्
इच्छाहरूको किन हुन्न भाउ
हियातिरै दुख्दछ नित्य घाउ ।।
छन् मोहकै बादल भित्र भित्र
संसारका बन्धन छन् विचित्र
प्रभो म तिम्रो घर टेक्न पाऊँ ।।
प्रभो कृपानाथ अगाडि आऊ ।।
पुरानु डेरा अब सर्न पाऊँ
सन्सारको सागर तर्न पाऊँ ।
धेरै भरोसा अरुको रहेन
प्रभो म तिम्रै भर पर्न पाऊँ ।।
होम सुवेदी
