Skip to content

Moti Anukul

मेरो देश

महा–सागरको अपार छाल छुन
जहाज अड्डाउने निलो तट हुन
टाढा रहिरह्यो प्रिय सेतो नून
वीर पुर्खाको साहसिलो गर्जन
विशाल नेपालको अभियान
समयको बेगसँगै बढ्दै जाँदा
मौकामा चौका हान्न चुक्यो मेरो देश !

आगो सल्कन्छ

विचारलाई छेक्न खोज्दा निरंकुशता झल्कन्छ
कलमलाई लेख्न रोक्दा बिद्रोहको आगो सल्कन्छ

भ्रष्टाचारीलाई संरक्षण गरेको देख्छु
रगतमा तापमानको ऊर्जा भल्कन्छ

मुटु दबाई रेटे

जीवनका सपनाहरु मुटु दबाई दबाई रेटे
नाडी छाम्दा रक्त प्रवाह बल्ल तल्ल भेटे ।।

थचार्दिन्छु सपना जुर्मुराएर उठ्छ
यथार्तका बिपनाहरु बल्ल तल्ल भेटे ।।

दुखिराछ मेरो देश

पुन: मुटुमा दुख्न थाल्दैछ मेरो देश
किन अस्थिर हुन लाग्दैछ मेरो देश ।।

क्रान्तीका अग्रगामी छलांग हान्दै आयो
किन पछाडी पाइला राख्दैछ मेरो देश ।।

बिहानीका किरणहरु छरपस्ट हुदैछन
किन धमिलो डाक्दैछ मेरो देश ।।

सुन्दर सभ्य सम्यम मनको समाज छ
किन चक्रब्युह जाग्दैछ मेरो देश ।।

नीति नियममा बाधिन नेपाली आतुर छौ
किन सु-शासनबाट टाढा भाग्दैछ मेरो देश ।।

न्यायका लागि ठुल-ठुला बलिदानी भए
किन अन्यायको सिमा नाग्दैछ मेरो देश ।।

बीर गार्खालीको ईतिहास कायम छ
किन एक मुठि बल माग्दैछ मेरो देश ।।

भनाइ र गराईको तारतम्य मिल्नै छोड्दैछ
कुन अदृष्य शक्तिले हाक्दैछ मेरो देश ।।

लुटिनेको नाम जनता

श्री ३ हरु हुकुमी भका
उनका बंशज सल्बलाई रका
सुन्दरी चेलीहरु देख्नै नहुने
कलुसित नजरबाट लुकाउनै पर्ने
चाहिने जति पूरा पूर लुटेर लिए
आखिर लुटिने त जनता नै थिए !!

अब्बल जमिन तिनकै नाममा
शयन गर्थे बेलायती शैलीका महलमा
रैतिले खेपे निर्माण सास्ती
तिनैले गरे मोज मस्ती
चाहिने जति सीधा कब्जामा लिए
आखिर लुटिने त जनता थिए !!

शाह ज्यादा उन्मुक्त रमाउदै रहे
जुन कुरा नि आफ्नै झै गरे
भरौटेहरु अघि पछि लागे
देबी र देउता रुपमा सम्मान मागे
त्रास दिएर चाहिने जति लिए
लुटिने आखिर जनता नै थिए !!

प्रजातन्त्रधारी सत्ता उदायो
मनपरि गरी सास्ती बढायो
पजेरो, प्राडो उपहार लिए

बाध्यताको नेपाली जिन्दगी

सुख दुखको दोसाधमा अल्झेछ जिन्दगी
आसा र सपनामा बल्झेछ जिन्दगी
तातो तातो खाडीमा अनि मलेशियाको झाडीमा
पीर ब्यथाको भूमरीमा रुमलिदैछ नेपाली जिन्दगी ।।

आमाको मायाँ, बाबाको शितलु छायाँबाट बिछोडिएछ जिन्दगी
तोते बोल्ने छोरी, मायाँको अंगालोबाट टाढिएछ जिन्दगी
मनमा सपना सजाउदै, मरुभूमिमा ऊट र भेडी धपाउदै
नेपालको माटो, बचपनमा खेलेको पाटो सम्झी रुन्छ नेपाली जिन्दगी ।।

बारीमा हलो जोत्दा खरबारी घास काट्दा मिठो कति जिन्दगी
माघे सक्रान्ती मेलामा तन्नेरी बेलामा आफ्नैपनको जिन्दगी
रंगीन सपना बोकेर, देउरालीलाई भाकेर परदेशीको काम
रहरको सपनीमा, बाध्यताको बिपनीमा रुदैछ नेपाली जिन्दगी ।।

कहाँ अल्झ्यो प्रजातन्त्र

ढुक ढुक छ शहिदको प्राणले साटेको प्रजातन्त्र
आखिर किन हुदैछ ? मन फाटेको प्रजातन्त्र ।।

निमुखा जन्ता बिदेशी नोकर थिए नोकर नै रहे
आखिर किन आएन नोकरले साँचेको प्रजातन्त्र ।।

दिल्ली र बनारसमा भाडा मोल्थे अनि नेताहरु पाल्थे
आखिर किन भएन दुखीले दुख काटेको प्रजातन्त्र ।।

यूवा शक्ति बिदेश तिर गाँऊ नै भयो शून्य तिर
आखिर किन रयो यहाँ असिनाले झाटेको प्रजातन्त्र ।।

नीति नियममा बाधेर बिधीको शासन दिन्छु भन्थे
आखिर किन हामीलाई दिदैछन् ढाँटेको प्रजातन्त्र ।।

दुखिको रेमिट स्वीस बैंक पुग्छ अनि देश त यसै सुक्छ
आखिर किन रह्यो यहाँ गैडाको जिब्रोले चाटेको प्रजातन्त्र ।।

दिन चर्या

एक हातमा स्मार्ट फोन अर्कोमा सिगार !
यूवा जमात मस्त मस्त हेर्दै मनलाग्दो फिगर !!

प्रियहरू नि प्रियजन खोज्दै मस्त गफी बस्छन् अरे !
समान हुन खोज्दा खोज्दै रिंग बाहिरै पुग्छन् अरे !!

शहिदलाई सलाम

** शहिदलाई सलाम**

युगान्तकारी तुफानी रुपमा आएको चेतनासंगै
दिल दिमागबाट उर्लेको परिबर्तनको भावनासंगै
क्रुरताको बिरुद्ध जुर्मुरायो तिमी
कालारात्रीमा एक तारा बनी उदायो तिमी
सुतेका सारा नेपाली जगायो
तिम्रो मनमा सुन्दर मानव समाज सजायो
संसारिक मायाँ तोड्दै
बलिदानीको भावना जोड्दै
तेजश्वि कर्म लिएर मूलबाटो पहिल्याउने
यूग परिबर्तनकारी महान सहिदहरुलाई सलाम ।।

दील दिमागबाट अठोट लिएर
त्याग र बलिदानीको भावनामा ‌ओतप्रोत भएर
सुन्दर शरिरलाई तिलान्जली दिन गर्व गर्यौ
तिमी बिरुद्धका क्रुरताले हाम्रो मन कति फाट्यौ
तिम्रै साहसले अत्याचारी शासन धुलो चाट्यो ।

इमान हराएपछि

प्रिय मान्छे बिरानो बन्छ स्वार्थ पलाएपछि
बाटो नि फरक हुन्छ आगो जलाएपछि
गोरेटोमा यात्रा जारी हुँदा हुँदै
मनहरू पागल हुन्छन् इमान हराएपछि

सुन्दर मनको अभाव

जिन्दगी र अभाव मेरो सदै पर्यायवाची
दुख: उल्झनका पलहरु राखेको छु साँची
बाल्यकाल देखि आए म यसरी नै बाँची
बस्नु पर्यो यो मनलाई सदैव नै भाँची ।।

अभावको मायाँ कस्तो हुन्छ नसोध मलाई
मुटु नै टुक्रा टुक्रा हुन्छ यो मन जलाई
टुटेको मनलाई जुटाउन खोजे पाउ नै समाई
जोडेको मायाँ दिगो नै रहेन छेऊ लगाए मलाई ।।

मातृत्वको असिम मायाँले म यहाँसम्म पुगे
असिम मायाँ नि चुडी लग्यो म बिरहमा डुबे
बिरहमा डुब्दै डुब्दै आमाको तस्बिर नेरै पुगे
आमाको बाणीहरुलाई संझी संझी समालिदै नुगे ।।

मायाँ गरे जस्लाई मैले ती टाढा नै भैदिए
बैगुनीलाई गुन लगाऊ भन्दा मै पिडीत भैदिए

महिला हिंसा बिरुद्ध हाम्रो दायित्व

सृष्टि को उत्कृष्ठ सुन्दर रचना दुबै समान पुरुष र महिला ।
एउटै कोखमा हुर्कनेलाई प्राथमिकता किन कुनै दोस्रा कुनै पहिला ।।

मन मष्तिष्क अनि घर घरबाट शुरु गरौ महिला हिंसा बिरुद्ध अभियान ।
ऐन कानून रिती रिवाज समाजमा दिन दुबैलाई समान पहिचान ।।

पूर्ण अधिकार समान शिक्षा सशक्त योग्य महिला बन्छ स्वाभिमानी ।
बंश अधिकार सम्पति अधिकार दिनलाई नगरोस है राष्ट्रले आनाकानी ।।

महिला हिंसाका कारकतत्व होइनन् बर्तमानका सभ्य चेतनशील पुरुष मात्र ।
महिला भित्रैको अज्ञानता रिसराग स्वार्थ साघुरो सोच पनि छन् सहायक पात्र ।।

रुढिबादी कुरीति घेराबाट लगाईन्छ बोक्सी आरोप गरिन्छ अपमान ।

MotiAnukul

म नि हजुर जस्तै हुनेछु बाबा आमा

बाबा मेरो दिमाग किन सानो बनाई दिनु भो
आमा हजुरले मेरो मुटु किन सानो रच्नु भो
अलिकति ठुलो बनाई दिएको भए
म हजुरको मायालाई अटाउन सक्ने थिए
म भित्रको दरिद्रपनलाई हटाउन सक्ने थिए
अनि हजुरको तस्विरलाई आँखाभरि सजाउने थिए