एक हातमा स्मार्ट फोन अर्कोमा सिगार !
यूवा जमात मस्त मस्त हेर्दै मनलाग्दो फिगर !!
प्रियहरू नि प्रियजन खोज्दै मस्त गफी बस्छन् अरे !
समान हुन खोज्दा खोज्दै रिंग बाहिरै पुग्छन् अरे !!
यौवन त फूल हो भने भमरा तेसमा झुम्छन् !
कसैको दोष छैन वरै प्रकृतिलाई चुम्छन् !!
दिन चर्या आज भोलि यस्तोमा नै बढ्याछ !
यूवा देखि प्रौढसम्मको मन त्यही गढ्याछ !!
