** शहिदलाई सलाम**
युगान्तकारी तुफानी रुपमा आएको चेतनासंगै
दिल दिमागबाट उर्लेको परिबर्तनको भावनासंगै
क्रुरताको बिरुद्ध जुर्मुरायो तिमी
कालारात्रीमा एक तारा बनी उदायो तिमी
सुतेका सारा नेपाली जगायो
तिम्रो मनमा सुन्दर मानव समाज सजायो
संसारिक मायाँ तोड्दै
बलिदानीको भावना जोड्दै
तेजश्वि कर्म लिएर मूलबाटो पहिल्याउने
यूग परिबर्तनकारी महान सहिदहरुलाई सलाम ।।
दील दिमागबाट अठोट लिएर
त्याग र बलिदानीको भावनामा ओतप्रोत भएर
सुन्दर शरिरलाई तिलान्जली दिन गर्व गर्यौ
तिमी बिरुद्धका क्रुरताले हाम्रो मन कति फाट्यौ
तिम्रै साहसले अत्याचारी शासन धुलो चाट्यो ।
न्यायपूर्ण समाजको परिकल्पनामा चेतना फैलाउने
यूग परिबर्तनकारी महान सहिदहरुलाई सलाम ।।
मनैदेखि सबै त्याग गरे
खुल्ला छाती फैलाएर गोलीको माग गरे
सुन्दर संसारमा जिउने अधिकार कठघरा देख्दा
कालो बादलले दृष्टिलाई छेक्दा
हाँसी हाँसी मर्न तयार भए
हामीलाई खुल्ला बाटो खनेर गए
कायरहरुलाई सजक गराउने गोली दाग्नेलाई थर्र हल्लाउने
यूग परिबर्तनकारी महान सहिदहरुलाई सलाम ।।
ऊफ …
आजभोली शहिदको मर्म पातलिएको छ
उसको कर्म अतालिएको छ
दशलाखे फाईल थन्कीएको छ
शहिदको स्थान मौनधारणमा खुम्चीएको छ
अन्याय नसहेरै बनेको शहिद
आज अन्यायमा पुन रन्थनिएको छ
तर तिमी सारा देशप्रेमिको लागि महान छौ
नेपाल र नेपालीलाई यूगान्तकारी योगदान दिने
यूग परिबर्तनकारी महान सहिदहरुलाई सलाम ।।
