जिन्दगी र अभाव मेरो सदै पर्यायवाची
दुख: उल्झनका पलहरु राखेको छु साँची
बाल्यकाल देखि आए म यसरी नै बाँची
बस्नु पर्यो यो मनलाई सदैव नै भाँची ।।
अभावको मायाँ कस्तो हुन्छ नसोध मलाई
मुटु नै टुक्रा टुक्रा हुन्छ यो मन जलाई
टुटेको मनलाई जुटाउन खोजे पाउ नै समाई
जोडेको मायाँ दिगो नै रहेन छेऊ लगाए मलाई ।।
मातृत्वको असिम मायाँले म यहाँसम्म पुगे
असिम मायाँ नि चुडी लग्यो म बिरहमा डुबे
बिरहमा डुब्दै डुब्दै आमाको तस्बिर नेरै पुगे
आमाको बाणीहरुलाई संझी संझी समालिदै नुगे ।।
मायाँ गरे जस्लाई मैले ती टाढा नै भैदिए
बैगुनीलाई गुन लगाऊ भन्दा मै पिडीत भैदिए
कलुषित मनहरुलाई साथ दिंदा बाटो मै अल्झीए
प्रताडीतहरुको चलाको जातोमा बेस्सरी पिल्सिए
सुन्दर मनको अभावैमा म निकै बल्झीए ।।