nice.vharat
त्यसैले त भन्दै छु ।
त्यो हिउँ जस्तो स्तम्भमय शरिर,
जब म टक्क उभिएर टोलाउँछु ।
ठाउँ,ठाउँमा रहेका बुटा,बुच्चाहरुले
उनको स्पन्दनका लागि धाईरह्छन् ।
अनयासै रसाएको गहका आँसु
ताल बनेर भरिएका आँसुका खोबिल्टा,
अनि भित्र भित्रै जलेका बेदनाका घाउहरु,
बयान,
लहरीकन हावामा फरफराउने रेशम,
सुगन्धमयी फुलले छर्ने निश्वार्थ सुबाष जस्तै,
या चाँदनी रातमा चम्कने कुनै असरुपी होस् ।
जे होस नागले लुकाएको मणि जस्तो,
अझ मृग नयनको त कुनै मोल नै छैन,
जसको अगाडी नौ लखा हार पनि फिक्का हुन्छ,
लत्रेको त्यो प्रत्येक लहरामा लाग्छ मलाई
उनको हाँसो,अनि त्यो सुन्दर मुहार,
जसको पथमा सावित्रीको भान हुन्छ,
मनले मनलाई छुन्छ भन्थे ।
बाहीरी आवरणले हैन माया,मनको नाताले हुन्छ भन्थे ।
एक अर्काको नजिक घुमी,दिलले दिललाई थुन्छ भन्थे ।
हिड्दा हिडदै एउटै बाटो फरक परेछ भने यात्रा
टाढा पुगे पनि माया,मनले मनलाई छुन्छ भन्थे ।
संगै जिउने संगै मर्ने, दुई मुटु – एक हुदाँ
दुख्दा एउटा मुटु अनि,अर्को मुटु रुन्छ भन्थे ।
माया गर्नेले भुले पनि एकपललाई चोखो माया
देखे एकले सपना फेरी,अकोले चाहिँ बुन्छ भन्थे ।
विश्वासमा नै समर्पित भई जुनी काट्न सहारा माग्दा
भगवानले पनि त साँचो मायाको,पुकार सधैं सुन्छ भन्थे ।……………..दपर्ण
मनले आफ्नो भन्दो रहिछ ।
गाँसे सम्म माया प्रिती,मनले आफ्नो भन्दो रहिछ ।
टाढा भए पछि आफैं,बिझाउने काडाँ बन्दो रहिछ ।
कसैलाई दोष दिनु किन,माया बिरानो आफैं हुदा
मुटु दुखाई रुनु किन,आफनाले पराई बनाई दिदाँ
बाचा कसम खानेले नै आखिर,माया जाली भन्दो रहिछ ।
गाँसे सम्म माया प्रिती,मनले आफ्नो भन्दो रहिछ ।
टाढा भए पछि आफैं,बिझाउने काडाँ बन्दो रहिछ ।
हिडेको छु म पाइला सारी,हाँस्दै यही धरातलमा
याद तिम्रो आई दिदाँ,सम्झन्छु तिमीलाई पल–पलमा
मनले चोखो माया दिदाँ,भन्नेले श्राप भन्दो रहिछ ।
गाँसे सम्म माया प्रिती,मनले आफ्नो भन्दो रहिछ ।
टाढा भए पछि आफैं,बिझाउने काडाँ बन्दो रहिछ ।
औंसीको रात दियौं ।
चाँहेको थिएँ तिमीलाई,छानी–छानी घात दियौं ।
पुर्णिमा मा साथ दिनेले,किन औंसीको रात दियौं ।
परभई सबै संग तिम्रो लागि बाँच्न रोज्दा
तिम्रो लागि मछु भनी,कहिले तिमीले हात दियौं ।
आफ्ना सबै रहर मारी दुनियाँको रितलाई पर सारी
सुखै दिन चाँहे तिमीलाई,मलाई दुःखको खात दियौं।
आठम्बरले भरिएको जुन तिम्रो त्यो धनी मनले
औकात देखाई आज मलाई,तिखो बचनको बात दियौं ।
रोई मागेको साथ तिम्रो जिबन बिताउन तिमी संग
हाँस्दै बिदा आफैं माग्यौं,चिनो सुकेको पात दियौं ।……….दपर्ण

मलाई त्यागी तिमीले नि अब,