देखेँ सपनीमा मेरो लास, चित्तामा दन्नदन्ती बल्दै थियो ।
त्यति नै बेला आत्मा पनि, संसारबाट चल्दै थियो ।
कस्तुरीले छर्ने बास्ना अत्तर, हिमालमुनीका झर्झर झरना
देख्दा अनमोल देशको तस्विर, हृदय मेरो जल्दै थियो ।
डाँफे, मुनाल, मयुँर नाँची कोईलीले कुहु–कुहु गर्दा
बल्ल देखेँ मैले अमृतसर, जब शरिर गल्दै थियो ।
शिशिरले जब याम छोडी, वसन्तले मधुरता ल्याउन खोज्दा
जली मेरा यी अङग–अङग, अस्तुले मुडो छल्दै थियो ।
गुराँसले लाली छरी वनमा, चमेली लजाई लजाईकन फुल्दा
आमाले छोरा भनी बोलाएको, याद मनमा पल्दै थियो।
दपर्ण
