Skip to content

भित्री मन फाटेको बेला


बिर्सिन तिमीलाई आँटेको बेला ।
भित्री मन फाटेको बेला ।

तिमीलाई भुल्दै थिए नि म
माया अन्तै साटेको बेला ।

रमाउदै थिएँ आफ्नै दुनियाँमा
खुसी भई हाँसेको बेला ।

मरेको आश जताई बोलायौ
मरी आफै बाँचेको बेला ।

सहारा माग्दै फेरि आयौ
सर्पले बाटो काटेको बेला ।

दर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *