बेहुली हुन तिमीले पनि
सोह्र सिङगार लाउनै छ ,
थापी तिमीले सौभाग्य हातमा
पराई घर धाउनै छ ।।१।।
तिम्रो रहर पुरा हुदाँ
अन्तिम पल्ट मलाई सम्झनु ,
हाम्रा ती वाचा बन्धन
तिमीले त्यही जगियामा बिर्सनु ।।२।।
राखी मण्डपमा तिमीलाई कसैले
चोखो सगुन खुवाउनै छ ।
थापी तिमीले सौभाग्य हातमा
पराई घर धाऊनै छ ।।३।।
दुःख दिई तिमीलाई धेरै
मन मुटुमा छाउँदिन म,
आँसु पुच्छन् तिमीले दिएको
रुमाल लिई आउँदिन म ।।४।।
शुरुवात गर्नु तिमीले जीवनको
उमङ्ग नयाँ आउनै छ ।
थापी तिमीले सौभाग्य हातमा
पराई घर धाउनै छ ।।५।।
बेहुली हुन तिमीले पनि
सोहृ सिङगार लाउनै छ ,
थापी तिमीले सौभाग्य हातमा
पराई घर धाउनै छ ।।६।।
दपर्ण
