Skip to content

nice.vharat

मैले कहिल्यै सोचेको थिईन यस्ती होली मेरी सानी

मैले कहिल्यै सोचेको थिईन
यस्ती होली मेरी सानी,
मुहार हेर्दा मासुम तिम्रो
रैछौ साँच्चै मायाकी खानी ।।१।।

थाहै नपाई सुटुक्क मैले
तिम्रो माया मनमा पालेछु,
दिलमा राख्दा तिम्रो तस्बिर
सपनीमा तिमीलाई देख्न थालेछु ।।२।।

चार मुक्तक (एकदिन पराई,प्रित हाम्रो,तिम्रै नजिक,सुन चाँदी)

(१)
तिमीलाई माया गर्ने मान्छे एक दिन पराई हुनेछ ।
हेरी बस्छु बाटो तिम्रै घरमा रुवाई हुनेछ ।
मैले ला’को प्रीत सम्झी मर्ने बेला आऊ है तिमी,
जिन्दगीको अन्तिम क्षण नि तिम्रै कुराई हुनेछ ।

घुर्की देखाई देखाई माया उनीसँग लाउन थालेँ

घुर्की देखाई देखाई माया
उनीसँग लाउन थालेँ ।
उमङ्गका ती लहरहरू,
बल्ल जीवनमा छाउन थाले ।।१।।

बल्ल बुझन् थाले माया
उनलाई भेटेपछि मैले,
सपनाहरू मनमा बुन्न थाले
जिन्दगीमा बल्ल अहिले ।।२।।

सपनीमा पनि मैले देखुँ तिमीलाई घरी घरी

याद तिम्रो यसै गरी
आई रहोस् जुनी भरी,
सपनीमा पनि मैले
देखुँ तिमीलाई घरी घरी ।।१।।

आशा गरौं हामी बिचको
विश्वास कहिल्यै नहटोस,
सुःख दुःख एक अर्काको
बाँड्दै अन्तिम सास कटोस् ।।२।।

तीन मुक्तक (बिन्ती आऊ भन्दिन्, नहुनु है सानु, तिम्रो मन रोक्का )

(१)
भित्र भित्रै जल्छु बरु बिन्ती आऊ भन्दिन् ।
तिमी बिना एक्लो भएँ माया लाऊ भन्दिन् ।
पिडा बोकाई मन भित्र मुटु जलाई तिम्रो,
देवी देउता भाकी कसम खाऊ भन्दिन् ।

न हाँसेरै बाँच्न सकिने यहाँ न रोएरै बाँच्न सकिन्छ

न हाँसेरै बाँच्न सकिने यहाँ
न रोएरै बाँच्न सकिन्छ,
न त कसैको मिठो यादमा
जीवन साँचेरै बाँच्न सकिन्छ ।।१।।

आँखाबाट झरे आँसु
जीवन आँसुकै भेल बन्ने,
हाँसी खुसी बाँच्न जाने
जीवन सुःखकै मेल बन्ने ।।२।।

असारे गीत घन्कौंला झरीमा

बर्षा मासमा उर्लिने भेल छोपौंला झरीमा ।
छुपु छुपु हिलोमा बिऊ रोपौंला झरीमा ।

असारे मासमा लेक र बेसी गदै मैं पनि
हाहा र हुहु गदै गोरु नि धपौला झरीमा ।

मायाको खोला तर अब

हाँसी हाँसी तिमी एक्लै, मायाको खोला तर अब ।
छोडी मलाई सिनारामै बरु, जीवनमा उमङ्ग भर अब ।

मनमा कुनै दोष नराखी, तिमीलाई बिदा दिदैछु,
स्वतन्त्र भयौ मबाट तिमी, भर पराई कै पर अब ।

तीन मुक्तक(आऊ तिमी अँधेरीमा,दुनियाँले पाइला टेक्ने,माया तिमीलाई )

(१)
आऊ तिमी अँधेरीमा अँगालोमा बेरौंला ।
कतिन्जेल तर्की जान्छौं म पनि त हेरौंला ।
यी नजरले हेरी तिमीलाई मन पराको धेरै भो,
बस केही दिन माईती घरमै सिन्दुर हाली लेरौंला ।

तीन मुक्तक (हतारैमा लाको माया, तिमीले आँखा झिम्काउँदा, समुद्रमा ऊर्ली आउने)

(१)
हतारैमा लाको माया गल्ती हुँदोरैछ ।
सामान किन्ने पैसा जस्तै चल्ती हुँदोरैछ ।
हाती आयो हात्ती आयो फुसा भनेझैं,
यस्तो माया लाउँदा रित्तो खल्ती हुँदोरैछ ।

अब होसियार ! नेता हो

भोट माग्दै फेरी मेरा घर धाउलाऊ नेता हो ।
लाठ्ठी समाई बसेछिन आमैं आउलाऊ नेता हो ।

लाज शरम छैन केही अर्बौ–अर्ब पचायौ है,
रित्याई देशको ढुकुटी कहाँ, जाउलाऊ नेता हो ।

ज्ञानको ज्योति फेरी देशमा

जननी आमा रुन्छिन सधै, फुलाउने चाहिँ कस्ले हो ?
ज्ञानको ज्योति फेरी देशमा, छराउने चाहिँ कस्ले हो ?

सधैं पिर चिन्ता गरी माग्छौ रे तिमी शान्ति नै,
आमा तिमीलाई शान्ति दिई, बोलाउने चाहिँ कस्ले हो ?

तीन मुक्तक(फाटेको माया,तिमी संग,एक्लै स्वर्ग )

(१)
फाटेको माया टालेर बसेँ ।
मायाको जग हालेर बसेँ ।
तिमीले खुसी लुटी लगेनी,
मनमा माया पालेर बसेँ ।

(२)
तिमी संग माया लाईहाले ।
नखानु कसम नि खाईहाले ।
सुटुक्कै तिमीलाई थाहै नदिई
तिम्रो मनमा नि छाईहाले ।

(३)
एक्लै स्वर्ग तर के भो ।
भर पराईकै परे के भो ।
एकदिन छोडी जान्छु भन्थेऊ,
अब अन्तै सरे के भो ।…………दर्पण

तीन मुक्तक(फाटेको माया,तिमी संग,एक्लै स्वर्ग )

(१)
फाटेको माया टालेर बसेँ ।
मायाको जग हालेर बसेँ ।
तिमीले खुसी लुटी लगेनी,
मनमा माया पालेर बसेँ ।

(२)
तिमी संग माया लाईहाले ।
नखानु कसम नि खाईहाले ।
सुटुक्कै तिमीलाई थाहै नदिई
तिम्रो मनमा नि छाईहाले ।

(३)
एक्लै स्वर्ग तरे के भो ।
भर पराईकै परे के भो ।
एकदिन छोडी जान्छु भन्थेऊ,
अब अन्तै सरे के भो ।……दर्पण

तीन मुक्तक (माया लाउँदा, खुकुरीको धारमा, उकाली छोडी)

(१)
माया लाउँदा खालमा जस्तै दाऊ लाग्नु पर्दैन ।
मुटु दुख्दा बहिरी कुनै घाऊ लाग्नु पर्दैन ।
खोजी साहारा जाँदैछौ टाढा पराई गराई,
रुवाई मन मेरो तिमीले भो पाऊ लाग्नु पर्दैन ।