Skip to content

nice.vharat

स्वर्गभूमी नेपाल

प्राण भन्दा प्यारो मेरो जन्मभूमी नेपाल ।
दुःख गरी आर्जेका पुर्खाले कर्मभूमी नेपाल ।

सार्वभौम र अखण्डता उदारण बनी रहोस्
मठ मन्दिर देवी देउता पुन्यभूमी नेपाल ।

सयौं थरी जातजाति बोक्छन आफ्नैं पहिचान
बलि रहोस् हैं शान्तिदिप स्वर्गभूमी नेपाल ।

हावा पानी देशको मिठो गर्दा सधैं लेकबेशी
बेजोड छ मानचित्र देशको शान्तिभूमी नेपाल ।

दाग छैन कहीं यहाँ न त कसैको हस्तक्षेप
पूज्छु सधैं आफ्नैं देश मातृभूमी नेपाल । …….दर्पण

तीन मुक्तक (आँखा सन्काई, मन चोरी, माग्न तिम्रो)

आँखा सन्काई उनको नजिक गा’छैन ।
नजरले हेरेँ बल्ल माया ला’छैन ।
दोबाटो देख्दा उनलाई मन त्यतै गा’को थियो,
आजकाल कहीँ कतै फेरि भेट भा’छैन ।

उनको माया मनमा जहिले

पहिलो जस्तो हुन्न रैछ
ला’को माया दोस्रो कहिले,
काडाँ बनी बिझी रहने
पहिलो माया मनमा जहिले ।।१।।

सोच्ने गर्थे खारिएँ मायामा
छानी माया लाउन सक्छु
उनले छोडे के भयो र
उनी भन्दा नि राम्री पाऊँछु ।।२।।

मनको माया भए जति
दिई सकेछु उनलाई पहिले,
खड्कने भो अब मलाई
उनको माया मनमा जहिले ।।३।।

तपतप्ती खस्दा आँखाबाट आँसु
हत्केला अगाडी ल्याई दिन्थे,
गायत्रीमन्त्र जप्नु भन्दा पहिले
विहान उनकै नाम लिन्थे ।।४।।

जतिसुकै माया गरेनी के भो
मनमा सघैं सजाईन्न् कहिले,
दियो बाली मेरा लागि
मन्दिरमा हात जोडिनन् जहिले ।।५।।

गालापारा रैछिन आखिर उनी
कहिले मायाको जस लाइनन्
झुटै बरु किन नहोस

लगनगाँठो कस्छौं की सानी

सधैं भरी माईती घर यसरी नै बस्छौं की सानी ।
प्रेमको गाँठो खुकुलो भो अब तिमी कस्छौं की सानी ।

सुटुकै मेरो मुटुमा गईछौ थाहै नपाई दिलमा छाइयौं,
नक्कली आँखा झिम्काई,मोहनी मन्त्रले हान्छौं की सानी ।

गाजलु तिम्रा ती नयन राम्रा,वैशालु त्यो ओठ देख्दा,
वरिपरी घुम्छन् भमरा घेरै,कहीँ त्यसैमा फस्छौं की सानी ।

जहिले गए पनि जानुछ एकदिन तिमी पराई घर,
किन ढिला गछौ अब मेरै घर पस्छौं की सानी ।

सघैं भरी खुसी दिउँला तिम्रै मायाँमा वेहोसी होउँला,
विचार गर म संग तिमी लगनगाँठो कस्छौं की सानी ।… दर्पण

BharatTimalsina

तीन मुक्तक (तिम्रो लागि, याद सधैं, बिर्सी मेरो याद)

(१)
तिम्रो लागि हजार सिंढी धाऊँला म पनि ।
पञ्चे बाजा लिई जन्ती आऊँला म पनि ।
देउरालीमा खा’को कसम नभुल्नु है तिमीले
लगन गाँठो कसी मायाँ लाऊँला म पनि ।

यो वर्ष त हे भगवान बनोस् संविधान !

आउने बर्ष शान्ति र संविधान
बनोस हाम्रो देशमा,
चोर, डाका, फटाहा र गुण्डा
नघुसुन जोगीको भेषमा,
देश खाई शेष भएका,
नेताहरूको बुद्धि आओस्
बुद्ध जन्मेको हाम्रो देशमा
फेरि एकपटक शान्ति छाओस् ।

विहानीको झुल्के घामको झुल्का पर्दा आँगनीमा

विहानीको झुल्के घामको झुल्का पर्दा आँगनीमा ।
हो कि पाइला सावित्रीको उनी सर्दा आँगनीमा ।

हेरी मुसुस्कै हाँसी उनी निउराउँछिन् मुन्टो लाजले
लिप पोत बडार–कुडाँर गदै गर्दा आँगनीमा ।

BharatTimalsina

मेरो देश रोगी भएको सपना देखें

बिस्तारै बिस्तारै मेरो देश रोगी भएको सपना देखें ।
ठुला ठुला होटल धाउँछन नेताहरु भोगी भएको सपना देखें ।

आफैं भित्र द्धन्द्व ल्याई देशको सम्पति रित्याई रित्याई
सुने संविधान बनाउदै छौंरे जनता जोगी भएको सपना देखें ।

दर्पण बनी छायौ कि नाई ?

रोजेको धड्कनभित्र पसी, दर्पण बनी छायौ कि नाई ?
मैले दिने साथभन्दा फरक साथ पायौ कि नाई ?

एक अर्काको समिप हुन, ढोगी मन्दिरमा वर माग्थ्यौ
आज तिमीले त्यही कसम, अरुसँगै खायौ कि नाई ?

त्यसैले मायामा हराएकी छे

दिलमा माया लुकाउनेले सधैं, सुन्छु धनमा लुकाएकी छे ।
मनबाट झिकी माया प्रेमलाई, घाममा लगी सुकाएकी छे ।

लाऊन सम्म लाई माया, नजिक हुदाँ मसँग नि
धेरै भोरे अब माया, त्यसैले आजकाल फुकाएकी छे ।

टुटाई गएनी बन्धन सारा

तिमी आऊने आशमा मैले
सपना मनमै साँची रहेँ,
टुटाई गएनी बन्धन सारा
तिम्रै यादमा बाँची रहेँ ।।१।।

गर्विलो मन लिई सधैं
गिता समाई तिमी नै मागेथेँ
जुगजुग बित्ने माया लाउँछु
चोखो होला आत्मा ठानेथेँ ।।२।।

तिमीले दिएका दुःख पिडा
दबाई मनमै हाँसी रहेँ,
आउँछौकी भनी फर्की तिमी
पिरतीको माला गाँसी रहेँ ।।३।।

र्बकतले आफनो भ्याए सम्म
दुःख गरेँ तिमीलाई पाऊन,
बिचरा भनी छाडी गयौं
सकिन मनमा डेरा जमाऊन ।।४।।

त्यो प्रेमको कल्पना गरि
कथा मनमै रची रहेँ,
कति गर्दि रैछौं माया
भनी मनले नै जाँची रहेँ ।।५।।

पवित्र हुन गहँत खाई
कात्रो मलाई दिई गयौं
गोत्र छानी आफैं तिमीले

तिम्रो हृदयको घाऊ बन्न

मुखले जाऊ भने पनि
गारो हुन्छ मनले भन्न,
म पनि चाहान्न हेर
तिम्रो हृदयको घाऊ बन्न ।।१।।

काकताली भेट् भई तिमी
काउसो लागेकी थियौ म माथि
सक्दिन होला साथ दिन भन्दा
भन्थेउ तिम्रो म छ जाती ।।२।।

दुःखै दुःखको छाहारी पाएछु

माया माया भन्दा भन्दै
मायाको खेलमा मात खाएछु,
सुख मैले खोज्दा खोज्दै
दुःखै दुःखको छाहारी पाएछु ।।१।।

सातौ दिनमा लकीर खिच्दा
भावीले यहिँ सम्म खिचेछ,
हुनुपर्ने एक थियो हामी
भावीले त्यो नियम नि मिचेछ ।।२।।

तिमी म तिरै सर हैं ।

कोरा कागजमा कोरी कलमले
मेरै नाम भर हैं,
कुँदी मेरो तस्बिर मनमा
तिमी मतिरै सर हैं ।।१।।

वैरी आई तोड्न खोजे
माया झनझन बढदै जाओस,
अटुट बनी बन्धन हाम्रो
एक अर्काको मनमा छाओस ।।२।।