Skip to content

भरत तिमल्सिना

आफ्नो मन आफैं बाँधी

आफ्नो मन आफैं बाँधी
अन्तै माया फिजाउनु,
एक्कै क्षण याद आए
मन मुटु भिझाउनु ।।१।।

माया, घृणा, स्नेह, धोका
हामी बिच जे जे भए,
सम्हालेर राख्नु बैगुन
यादहरू जतिरहे ।।२।।

मनले प्यारी भनी सकेँ मुखले भन्नु पर्छ र मोरी

जिवन मेरो बसमा पार्यौ
अब के लान्छौ र चोरी
मनले प्यारी भनी सकेँ
मुखले भन्नु पर्छ र मोरी ।।१।।

मेरा लागि जन्म घर
छोडी कर्म घर सर्यौ,
मारे पाप पाले पुण्य
भनी मेरै भर पर्यौ ।।२।।

उधारोमा खाएको त्यो तिर्ने बाँकी ऋण सम्झेँ

उधारोमा खाएको त्यो
तिर्ने बाँकी ऋण सम्झेँ
उदाउँदै अस्ताएको
मायाको त्यो दिन सम्झेँ ।।१।।

घाम पनि त चौतारीमा
कहिले काँही पर्ने गर्छ,
पल पलमै तिम्रो मन
यता उता सर्ने गर्छ ।।२।।

BharatTimalsina-03

आँखाबाट झरेका ती सबै आँसु हुने भए

आँखाबाट झरेका ती
सबै आँसु हुने भए
म नि सँगसँगै रुन्छु
आऊ सँगै रुने भए ।।१।।

दुःख पीडा नबोकेरै
बाँचेको मान्छे को होला
एकपल्ट नरोई फेरि
हाँसेको मान्छे को होला ।।२।।

म नि संग संगै रुन्छु आऊ संगै रुने भए

आँखा बाट झरेका ती
सबै आँसु हुने भए
म नि संग संगै रुन्छु
आऊ संगै रुने भए ।।१।।

दुःख पिडा नबोकेरै
बाँचेको मान्छे को होला
एकपल्ट नरोई फेरी
हाँसेको मान्छे को होला ।।२।।

रोई रोई हाँस्न सक्छौ
मनको पिडा धुने भए
म नि संग संगै रुन्छु
आऊ संगै रुने भए ।।३।।

उकाली र ओरालीमा
कति कुरी बस्यौ होली
नदेखेर बहानामै
उस्कै घर नि पस्यौ होली ।।४।।

त्यो चोख्रो प्रितले कहीँ
उस्को मन नि छुने भए
म नि संग संगै रुन्छु
आऊ संगै रुने भए ।।५।।

चार दिनको नासो मात्रै
भगवानको बन्धकी यो
यात्रा यात्रै बिच हाम्रो
चलेको छ जिन्दगी यो ।।६।।

हाम्रो जीवन सोचे जस्तो
कल्पना झैं हुने भए

BharatTimalsina-02

बाँचुन्जेल साथ दिनु हातमा हात मिलाएर

हाम्रो माया अमर हुन्छ
जान्न कतै बिलाएर,
बाँचुन्जेल साथ दिनु
हातमा हात मिलाएर ।।१।।

दिन रात सुःख दुःख
बाँड्यौं बनी सहयात्री,
दिल भित्र फक्री रहनु
फक्रे जस्तै सयपत्री ।।२।।

संगै रोपे बरु माया
नजाला है जिलाएर ,
बाँचुन्जेल साथ दिनु
हातमा हात मिलाएर ।।३।।

मैले फेर्ने स्वास रुक्दा
तिम्रो धड्कन रुक्छ बरै,
अल्झे भने ठेस् लागी
कति त्यो मन दुख्छ बरै ।।४।।

रुदाँ संग संगै रुन्छ्यौं
फाटेको मन सिलाएर,
बाँचुन्जेल साथ दिनु
हातमा हात मिलाएर ।।५।।

दुई मुटु एक बनाई
माया मिसाई साँधेकी छौं ,
कर्तव्यको पाठ पढाई
एक ढिक्कामा बाँधेकी छौं ।।६।।

दैब तिम्ले धन्य् गर्यौं

भाग्यमानी उसै छु म हुर्के यही माटो माथि

धर्ती छोई रोएथेँ रे,
जन्मिदा त्यो पाटो माथि
भाग्यमानी उसै छु म
हुर्के यही माटो माथि ।।१।।

मातृभूमि, पितृभूमि
कर्मथलो जन्मभूमि,
दश नङग्रा खियाउँछु
यै धर्तीमा घुमीघुमी ।।२।।

राज मात्र रह्यो अब हराएर निति

हेर्दा हेर्दै फोहरी भो
देशको राजनिति,
राज मात्र रह्यो अब
हराएर निति ।।१।।

कति चाँडो विर्से हेर
गोलीको त्यो घाऊ,
जस्ले सक्यो उस्ले यहाँ
लगाउँछन् दाऊ ।।२।।

चित्ता माथि जल्दै गर्दा

चित्ता माथि जल्दै गर्दा
पर्ला तिम्लाई राप अब,
संसारबाट बिदा हुदाँ
नगर्नु है श्राप अब ।।१।।

तिम्रो मेरा सम्बन्धको
गाँठो यहीँ पर्नु रै छ,
लेखान्तनै यस्तै भयो
अल्पायुमै मर्नु रैछ ।।२।।

BharatTimalsina-02

आन्दोलनमा होमीएथ्यौं हटाउन भनी राजा

आन्दोलनमा होमीएथ्यौं
हटाउन भनी राजा,
अझै पनि मुटु माझ
छ नि त्यही घाऊ ताजा।।१।।

कति मरे कति सडे
कस्लाई के थाहा छ र,
आफ्नै धोक्रो भरे साथी
पर्नु हुन्न यिनको भर ।।२।।

बनाउ एउटै कर्मथलो
देश सबको हो नी साझा,
अझै पनि मुटु माझ
छ नि त्यही घाऊ ताजा ।।३।।

लड्न किन दाजुभाई
हतियार उठाउँदैछौं
हाम्रो सिङ्गो देश नेपाल
फेरी किन फुटाउँदै छौं ।।४।।

विकासको विगुल फुकी
बजाउँ एकै थरी बाजा
अझै पनि मुटु माझ
छ नी त्यही घाउ ताजा।।५।।

कठै बरा सडक तिर
डौडन्छिन् रे अझै आमा,
मृत छोरा छारी लाई
सिलाउँन भोटो जामा ।।६।।

भुट्टे आज हाम्रा इच्छा
चढाउन भनी लाजा,
अझै पनि मुटु माझ

म त पिई मर्छु बरु तिम्ले देको जहर अब

म त पिई मर्छु बरु
तिम्ले देको जहर अब
उपहार भो तिमीलाई
गगनचुम्बी सहर अब ।।१।।

हाँसी हाँसी नाता तोड्यौ
सबको कुरा पत्याएर
धनसँग रम्न खोज्यौ
सफा मन लत्याएर ।।२।।

नेपालीका आँखामा नै, डोल्नु छ मेरो देश

सर्जकका शब्दले नै, तोल्नु छ मेरो देश ।
नेपालीका आँखामा नै, डोल्नु छ मेरो देश ।

आधारशिला सानै होस, विश्व मानचित्रमा
अमूल्य छ त्यहीँ कहाँ, मोल्नु छ मेरो देश ।

चन्द्र सूर्य निधारैमा, डाम देखियोस

चन्द्र सूर्य निधारैमा, डाम देखियोस ।
लाँदा घाट मलामीको, लाम देखियोस ।

दाऊराको ओछयानमा, दागबती लिई
जल्दा लास यै धर्तीको, घाम देखियोस ।

आऊ अब नजिकिदै बजाई हातका राता चुरा

घरी घरी कति हान्छौ
यै मुटुमा तिखा छुरा,
आऊ अब नजिकिदै
बजाई हातका राता चुरा ।।१।।

सँगसँगै मित लाउने
तालको साथी डुङ्गा हुन्छ,
ढुङ्गाको भर माटो भए
माटोको भर ढुङ्गा हुन्छ ।।२।।

BharatTimalsina-02

धेरै हारेँ जिन्दगीमा,अझै पनि हार्नु कति

धेरै हारेँ जिन्दगीमा,अझै पनि हार्नु कति ।
बेकम्मा यो जिन्दगीलाई,लौन पर सार्नु कति ।

आँखा पनि चिम्ली सकेँ,त्याग्छु आफ्नै देह बरु
गरिबीको पिडा बोकी,गल्ली तिर चार्नु कति ।

निष्ठुरीको बात लायौं,धोएर नि पखालिन्न
मनको धुलो फोहर सम्झी,बडारेरै झार्नु कति ।

अस्थिपन्जर मात्रै रह्यो,हाड र छाला खिईएर
पत्थर बनाई आफ्नै शरीर, परदेशमा नार्नु कति ।

पश्चिमीको संस्कृतिलाई,अँगालेर हिँडी हाम्ले
आफ्नै देशको रितिथिती,भेषभुषा बार्नु कति ।…..दर्पण

भिन्दा भिन्दै मत अनि,विचार देख्छु

भिन्दा भिन्दै मत अनि, विचार देख्छु ।
गजल लेखिन्छन् तर, साभार देख्छु ।

यहाँ औचित्य युक्त आँखाहरू रहेछन्
म चाहिं दृष्टिविहिनमा, संसार देख्छु ।

मुक्तकहरू (अरु कोही हैनौ, तिम्रो दिलमा, कुत सम्झन्छौ)


अरु कोही हैनौ तिमी, बैरी मेरै भन्छन्
कालापानी सुस्ता लगे, ठोरी मेरै भन्छन्
साँझ विहान सीमा वारपार गर्ने गारो भो,
हाम्रा गाउँका दिदी बहिनी, छोरी मेरै भन्छन्

रुन्छौ किन हाँस्दै अघि, बढ्नु पर्छ अब

रुन्छौ किन हाँस्दै अघि, बढ्नु पर्छ अब ।
जङ्गे पिल्लर घेरा हाली, लड्नु पर्छ अब ।

दासत्वलाई लत्याएर, अघि बढ्दै जाऊँ
उन्नतिको शिखर तिर, चढ्नु पर्छ अब ।

हामीसँग केही हुन्न मर्दा कात्रो बेर्नु बाहेक

मातृभूमि मिचिएको
टुलुटुलु हेर्नु बाहेक,
हामी सँग केही हुन्न
मर्दा कात्रो बेर्नु बाहेक ।।१।।

हेर्दा हेर्दै सुस्ता खाए
गरिब थिए धनी भए,
हाम्रा दाजु भाइले चाहिँ
बोल्ने नयाँ भाषण पाए ।।२।।

रुनेलाई सक्छौँ त ? हाँस्न सिकाई देऊ

रुनेलाई सक्छौँ त ? हाँस्न सिकाई देऊ ।
भाषण हैन बिन्ती ! श्रम विकाई देऊ ।

किसानीको छोरो हुँ म, कोदाली पो खन्छु
सक्छौँ ? मान–सम्मान् इज्जत टिकाई देऊ ।