unknownsk
सपनाको महल
सपनाको महल बनाई राखेको छु सानु,
रानी बनाई यो मनमा सजाउँछु नानु ।
बसन्तका बिरुवाले फेरिए नि पलुवा,
उस्तै रहोस जीवनभर मन तिम्रो सानु ।
यौवनले भरिपूर्ण जवानीले तिम्रो,
जतनले सम्हालेर राखे है सानु ।
रस चुसी भामराले छाडी जाला सानु,
वैशको भेलले बगाई लाला बिचार गरे सानु ।
पूर्णिमाको चन्द्र जस्तो मुहारमा तिम्रो,
आउन सक्छ कालो बादल फटाएर जानु ।
मेरो प्यारो ओखलढुंगा
तिम्रै सुन्दर हरियालीमा
तिम्रै शीतल बक्षस्थलमा
यो कविको शैशब काल बित्यो
हाँस्यो खेल्यो वनकुञ्ज घुम्यो
मेरो प्यारो ओखलढुंगा ।
प्राकृतिक सुन्दरताले भरिपूर्ण हरियाली अनि छंग-छंग बग्ने छहरा । सुसेली हाल्दै बग्ने खोला । सेतै दन्ते लहर खोलेर मुस्कुराई रहेको हिमशृंखलाहरू । अनि दुई पहाड़को बिचबाट आफ्नै गतिमा बगिरहेको लिखुखोला । साच्चै सुन्दर र रमणीय छ ओखलढुंगा । त्यसैले त सिद्धिचरण श्रेष्ठले पनि ओखलढुंगाको बर्णन गर्न पछि परेका छैनन । भावना मार्फत ओखलढुंगालाई प्रस्तुत गरेका छन ।
बिभिन्न जात-जातिहरूको बसोबास । मध्यपूर्वमा पर्ने सागरमाथाको काखमा रहेको ओखलढुंगा जिल्ला । आफ्नै किसिमको महत्व बोकेका धर्मं, सस्कृति, परम्परा रीतिरिवाज । धरातलीय स्वरूपले पनि सुन्दरता जिल्ला स्वच्छ हावा, पानी, हराभरा अनि स्वच्छ वातावरण । “सयौ थुंगा फूलका हामी एउटै माला नेपाली” अर्थात नेपालको राष्ट्रिय गानको सर्जक ब्याकुल माईलाको जन्म थालो ओखलढुंगा ।
अज भोलि मन अति दुखेको छ
किन होला अज भोलि मन अति दुखेको छ
बाहिर हाँसी हिंडे पनि भित्र पीडा लुकेको छ।
सबको सामु हाँसेको छु भित्र एक्लै रोए पनि
कसलाई थाहा छ हृदयमा कति चोट छुपेको छ।
मन मुटुमा घाऊ नभए किन दुक्थ्यो मुटु सधैं
किन रुन्छ अत्मा मेरो खै कसले बुझेको छ।
अनायासै बढन थाल्यो यो मुटुको ढुक-ढुकी
मुटुभित्र चोट नभए किन बढ्थ्यो यसको गति।

आज बाँचेर यहा जीउनुको अर्थ खोज्दै छु
चोट हजार लुकाएर हसाउछ जिन्दगी