Skip to content

जिउनुको अर्थ

SarojKumarShrestha


आज बाँचेर यहा जीउनुको अर्थ खोज्दै छु
यस सृष्टिमा जन्मनु र जन्माउनुको अर्थ खोज्दै छु

जिउनु त आखिर कुकुर बिरालो पनि जिएकै त छन्
तर यहा मनुष्य भएर जीउनुको अर्थ खोज्दै छु

खानको लागि जिउने हो कि जिउनको लागि खाने हो यहा
आखिर खाने त खाने नै हो,
तर खाएर कहिल्यै नढाडिने भुडीको अर्थ खोज्दै छु

तछाड मछाड गर्दै यहाँ होप्पा पापी गर्नुको अर्थ खोज्दै छु
अँधेरी रातबाट ताराहरू झुल्किएर झर्नुको अर्थ खोज्दै छु
फूलहरू फक्रिएर झर्नुको अर्थ खोज्दै छु

चोला लिएर खोलामा जल्नुको अर्थ खोज्दै छु
त्यसैले त यहा जन्मिएर मर्नुको अर्थ खोज्दै छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *