किन होला अज भोलि मन अति दुखेको छ
बाहिर हाँसी हिंडे पनि भित्र पीडा लुकेको छ।
सबको सामु हाँसेको छु भित्र एक्लै रोए पनि
कसलाई थाहा छ हृदयमा कति चोट छुपेको छ।
मन मुटुमा घाऊ नभए किन दुक्थ्यो मुटु सधैं
किन रुन्छ अत्मा मेरो खै कसले बुझेको छ।
अनायासै बढन थाल्यो यो मुटुको ढुक-ढुकी
मुटुभित्र चोट नभए किन बढ्थ्यो यसको गति।
जस्तो दियो समयले उस्तै भोग्नु परेको छ ।
चोटमाथि माथि थपी जिन्दगी नै हारेको छ।
किन रुन्छ अत्मा मेरो खै कसले बुझेको छ ।।
