चोट हजार लुकाएर हसाउछ जिन्दगी
फूलै फूल नभए पनि बास आउछ जिन्दगी
माय पाए मरुभूमिमा पनि कलकलाउछ जिन्दगी
र्धैय गर ओइलिए नि पलाउछ जिन्दगी
पिर हजार अचानोको चोट हो जिन्दगी
पग्ली जाने मैन जस्तो खोट हो जिन्दगी
पीडामाथि पीडा थप्ने चोट हो जिन्दगी
बाचुन्जेल परदेशीको भोट हो जिन्दगी
तै पनि, ओठ खोली मुस्कुराउछ जिन्दगी
माया प्रीत पाए पछि पलाउछ जिन्दगी