पूर्व क्षितिज लालीले झलमल्ल,
माथि गगन भने बादलले छ ढ्याम्म ।
सूर्यको किरण सूनौला
मिर्मिरेमा टल्किँदै टिलिक्क
छन् आतुर नयाँ दिन,
नयाँ ऋतुको स्वागत गर्न,
कक्लेटो बादल भने डेग चल्दैन अचम्म ।
सिरसिरे हावा जति नै चले पनि,
सार्न सक्तो रहेनछ चिसो बादललाई;
ऊ त
कहिले पहाड, कहिले थुम्को,
कहिले भेडा, कहिले साँढे
बदल्दै आकार क्षण-क्षण पटक-पटक
झुक्याइरहेछ पवनलाई, सगरलाई, जगतलाई,
अँहँ, सार्न सक्तो रहेनछ बतासले बादललाई ।
“लौ न ठुलै हुरी आऊ,
यो बादललाई अर्कै देशमा लैजाऊ!”
धरती पाउ पर्छ धर्मराउँदै,
बिलौना गर्छन् झ्याउँकिरीहरू झंकार्दै,
जनताहरू उफ्रिन्छन् जंगिँदै ;
तर बादल अडिग छ अनवरतै ।
हुँइँक्याए पनि नाथे हावाले अलिकति ,
ऊ खोज्छ धुलोका कणहरू यताउति
र चिस्याएर तिनलाई बनाउँछ आफ्नो हिस्सा ;
ऊ पार्दैन आफ्नो पूर्व रूप परिवर्तित ।
यो क्रम चलिरहेछ अनवरत,
सकिने लक्षण देखिँदैन यिनका दिन,
बादल र वर्षाको लुकामारी
वादल र वर्षाको आलोपालो
चलिरहेछ अनवरत !
अगस्ट ६, २०११

सम्पर्क
प्रिय कुमारजी,
म तपाइकाे सम्पर्क माध्यमकाे खाेजीमा छु । के तपाइ मलाइ फाेन नं वा इमेल ठेगाना दिन सक्नु हुन्छ ?
कृष्ण श्रेषठ
नं. ९८४१९१३५३६
इमेल ः shrestha1958@gmail.com