रमा अधिकारी 'कादम्बरी'
असल साथी
अनिषा, विनिताको असल साथी थिई । उनीहरू एउटै कक्षामा पढ्दथे । घर पनि सँगसँगै जस्तो थियो । अनिषा सरल, मृदुभाषी, लगनशील र सहयोगी थिई । विनिता छुच्चो स्वभावकी थिई । अनिषा विनिताको दुःख-सुखमा साथ दिन्थी । विनिताको गृहकार्यमा सघाउनेदेखि कहिलेकाहीँ स्कुल जाँदा-आउँदा बस भाडासमेत तिरिदिने गर्दथी अनिषा । विनिता भने मौका पर्यो कि अरू साथीहरूसँग गएर कुरा काट्न थाली हाल्थी – बाबै अनिषा त कस्ती घमण्डी ! यस्ता उस्तालाई त मान्छे नै गन्दिन । त्योसित कोही पनि नमिल है ?
