Skip to content


माया भन्नु घात रैछ
मन दुखाउने जात रैछ ।

उज्यालोमा हिँडे भन्थे
त्यहीँ कालो रात रैछ ।

सहारा नै किन मागे
छोडी जाने हात रैछ ।

जीवन सोचोकोथेँ मैले
पलभरको मात रैछ ।

जुन वृक्षमा सुस्ताए
त्यहाँ झर्ने पात रैछ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *