Skip to content

मुना २०६७ माघ

हातहरू दिन्छन् साथ

  • by

सधैँभरि हातहरू दिन्छन् मलाई साथ
त्यसैले त मन पर्छन् मलाई मेरा हात ।
खुरुखुरु काम गर्छन् अह्राउनासाथ
रिसै उठोस् तर यिनले हान्दैनन् है लात ।

आफ्नो घर

  • by

सुन्दर जङ्गलमा चारवटा चरा-चुरुङ्गीहरू आफ्नो नयाँ बासस्थानको रूपमा प्रयोग गर्न आइपुगे । जसमध्ये एउटा थिई जुली (जुरेली) । आफ्नो समूहमा अति राम्री र मधुर स्वरकी धनी । उनी गाउने नाच्ने गर्दै दिनहरू बिताउन थालिन् । उनी सौखिन प्रवृत्तिकी थिइन् ।

सिमल चरी अर्थात् गोलसिमल

  • by

सिमलचरी अथवा गोलसिमल नेपाली लोकविश्वासमा बाँचेको अनौठो चरो हो । यसप्रतिको नेपाली लोकविश्वास आफ्नै परम्परागत आधार तथा पत्यारमा जुगौँदेखि अडेको पाइन्छ । सिमलचरीलाई उसका स्वरको आधारमा ‘गोलसिमल’ भनिएको बुझिन्छ ।

सहिदहरूप्रतिको कर्तव्य

  • by

आफ्नो देशको स्वाधीनता, संस्कृति र स्वअस्तित्वको संरक्षण तथा स्वतन्त्रता प्राप्तिका निम्ति बलिदान भएर आफूलाई लोकहितमा समर्पित गराउने व्यक्तिलाई नै ‘सहिद’ भनिन्छ । प्रत्येक वर्ष माघ महिनामा हामी यस किसिमका सहिदहरूको संस्मरण गर्दै सहिद दिवस मनाउने गर्दछौँ ।

शीर्षक के हो ? (मुना २०६७ माघ)

  • by

आकाश उमेरमा सानो छ तर ठूला मान्छे भन्दा पनि असल र ज्ञानी छ । घर, टोल, छरछिमेक र स्कुलमा ऊ अनुशासित बालकको नमूना बनेको छ । शिक्षक-शिक्षिका लगनशील विद्यार्थीको उदाहरण दिनुपरे आकाशलाई नै छान्छन् । स्कुलमा त आकाश मिहिनेत गरेर पढ्छ नै घरमा समेत अध्ययन गरिरहन्छ ।

गुनमाथिको बैगुन

  • by

एउटा दुर्गम पहाडी गाउँको कुरा हो । अनिलको घरबाट उसले पढ्ने स्कुल निकै टाढा पर्थ्यो । स्कुल जाँदा बाटामा एउटा ठूलो जङ्गल थियो । हुन त गाउँको बाटाबाट पनि घुमेर स्कुल पुगिन्थ्यो तर त्यो बाटो धेरै लामो र घुमाउरो थियो ।

रुखको विलौना

  • by

‘रुखले वातावरणलाई सन्तुलित बनाइराख्नमा मद्दत गर्छ । बाढीपहिरो रोक्छ र मानिसलाई नभइनहुने अक्सिजन प्रदान गर्छ । त्यसैले रुख मानिसका लागि धेरै गुणी वनस्पति हो । रुखलाई काट्यो भने उसलाई पनि मानिसलाई जस्तै दुख्छ ।’

आगलागी

  • by

”आगो लाग्यो ! आगो लाग्यो !!”

अचानक मेरो कानमा मानिसहरूले चिच्याएको, कराएको, हल्ला गरेको आवाज पर्‍यो । म र दिदी भर्खर स्कुलबाट आएर टुसुक्क मात्र के बसेका थियौं – टोलमा त आगो लागेको हल्लाले उत्पात मच्चाउन थालिहाल्यो ।