Skip to content

हरि मानन्धर “विवश”

लाचार यो जिन्दगी

कस्तो बिडम्वनाको यो जिन्दगी
माली बनेर पनि फूल फुलाउन सकिन
कस्तो विचित्रको यो जिन्दगी
चाहेर पनि तिमीलाई भुलाउन सकिन

कति पीडित यो जिन्दगी
बिर्सेर पनि पीडालाई सहन सकिन
कस्तो विवशताको यो जिन्दगी

आनन्द पो हुने थियो

आनन्द पो हुने थियो रात साट्न पाए ।
बैशालु यो यौवनको यो मात साट्न पाए ।।

अधर भरि छल्लिएको तिम्रो मधुर मुस्कान,
चुम्वन सँगै माधुर्यता को वात साट्न पाए ।

अंग अंग केलाएर यौवनको यो खेलमा,

कस्तो माया हजुर?

कति दिन सम्म हजुर यसै यसै बाँची दिए ।
निष्ठुरीको झूठो माया मुटु भरि साँची दिए ।।

स्वर्ग जस्तै सँसार हजुर कल्पनामा भए पछि,
मनका व्यथा लुकाएर परि सँगै नाची दिए ।

खै के हौ कुन्नी तिमी

मेरो मस्तिष्कमा तिमी,
मेरो हृदयमा तिमी,
मेरो तनमन सबै तिमी,
अंग अंग अनि प्रत्यंग भित्र,
सदा सर्वदा तिमी नै तिमी ।

मेरो मनको चाह हौ तिमी,
मेरो मुटुको धड्कन हौ तिमी,
रातको निन्द्रा अनि,

यसै जिएको छु

कैयन रात तिम्रो यादमा धेरै रोएको छु,
त्यहि आँसुले आँखाहरू सधै धोएको छु ।

निन्द्रा भित्र कराउँदै होश गुमाउँदै,
कोमल तिम्रा हर स्पन्दनमा मैले छोएको छु ।