मेरो मस्तिष्कमा तिमी,
मेरो हृदयमा तिमी,
मेरो तनमन सबै तिमी,
अंग अंग अनि प्रत्यंग भित्र,
सदा सर्वदा तिमी नै तिमी ।
मेरो मनको चाह हौ तिमी,
मेरो मुटुको धड्कन हौ तिमी,
रातको निन्द्रा अनि,
दिनको भोक पनि तिमी ।
मेरो मनकी रानी तिमी,
मेरो कल्पनाको सागर तिमी,
मेरो गन्तव्य पनि तिमी,
अनि भविष्य पनि तमी ।
धर्तीमा सागर तिमी,
आकाशको जुन अनि तारा तिमी,
स्वर्गकी परी तिमी,
धर्तीमा मेरी तिमी ।
पल पलको याद तिमी,
पल पलकै दर्द पनि तिमी,
हरपल हरक्षण मात्र तिमी
खै के हौ कुन्नी तिमी ।
