हरि मानन्धर “विवश”
इजरायलमा १०२औं देवकोटा जयन्ती तथा “ममताको आँचल” विमोचन कार्यक्रम सम्पन्न
सन २०११ अक्टोबर २९ तारिखका दिन अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) इजरायल च्याप्टरको आयोजनामा इजरायलको तेलअभिव शहर स्थित माल्का वेवीकेयरको हलमा १०२औँ देवकोटा जयन्ती तथा इजरायली भूमिमा रहेर नेपाली साहित्य लेखनमा लागिरहनु भएकी सक्रिय साहित्यानुरागी तथा अनेसास इजरायल च्याप्टरकी कार्यकारी सदस्य श्रीमती सुमित्रा पौडेलको दोश्रो कृति गीति कवितासङ्ग्रह “ममताको आँचल” अनेसास इजरायल च्याप्टरका अध्यक्ष कृष्णपक्ष थापा, अनेसास केन्द्रीय सचिव हरि मानन्धर, सर्जक सुमित्रा पौडेल, अनेसास इजरायल च्याप्टरकी सदस्य श्रीमती दिप्स शाहद्वारा संयुक्त रूपमा विमोचन गरियो ।

इजरायलमा साहित्य सञ्जाल नेपालको सम्पर्क समिति गठन
हरि मानन्धर “विवश”
२०११ जुलाई ३०, इजरायल ।
आज नेपालमा बसेको “साहित्य संजाल नेपाल”को प्रथम साधारण सभाको अवसर पारेर विदेशी भूमि इजरायलमा साहित्यिक फाँटमा कलम चलाउँदै आउनुहुने र साहित्यलाई माया गर्ने केही साहित्यिक मनहरू लेवेन्स्की पार्कमा साधारण भेला बसेर हरि मानन्धरको संयोजकत्वमा साहित्य संजाल सम्पर्क समिति इजरायल गठन गरेको छ ।
इजरायल–गाजा युद्ध, मेरो मानसपटलमा
हरेक नेपालीहरूलाई नेपाल छाडेर विदेशिनुको आ–आफ्नै पीडाहरू हुन्छन् । देशमा भैरहेको जनयुद्धका कारण पनि कति नेपालीहरू अशान्तिको कालो बादल छक्याउँदै, शान्तिको खोजीका लागि पनि विदेश पसेको हुनुपर्छ भने कति त ज्यानै जोगाउन समेत विदेशिएका होलान् । यसरी युद्धलाई मात्र दोष थुपार्नु पनि त होइन, विशेष रूपमा त गरिव राष्ट्रका जनताहरू विदेश गएर नकमाए जहान परिवार कसरी पाल्ने? भन्ने सवाल सदा ठिङ्ग उभिरहेकै कुरा हो । बाजे बराजुको पालादेखि नै गाउँघरदेखि शहरसम्मका केही मानिसहरू विदेशका नाममा अरवका खाडीहरूमा, यूरोप, अमेरिका, ब्रटिश तथा क्यानडाहरूमा समेत नपसेका होइनन् तर त्यतिबेलाको कुरा भिन्दै थियो ।
