Skip to content

hari_mdr

वाध्यता भो !

पलभरको खुशी पछि आँशु झार्नु वाध्यता भो
झर्ने आँशु परेलीमै राख्न बार्नु वाध्यता भो ।

सक्दिन नै भन्छ मनले अँझै दुःख खेप्न पनि
तिमीलाई खुशी दिने मन अन्तै सार्नु वाध्यता भो ।

ब्यूँदछैन् मान्छेहरू….

जिन्दगीका परिभाषा खोज्दै
भौतारिरहेका पथिकहरू
धुवाँका मुस्लोहरूमा आकृति खोज्दै
नशानशामा अस्तित्व मेट्दै/भेट्दै
असमानताका पर्खालहरू
चेतनाका पाखुरीले भत्काउँदै
अन्तहिन भविष्य चियाउँदैछन् मान्छेहरू ।

अभ्यास

शिक्षक कक्षाकोठामा पढाएर सके पछि पाठको अन्तमा दिइएका अभ्यासहरू गरेर ल्याउनु भन्दै विद्यार्थीहरूलाइ निर्देशन दिदै भन्छन् । सधै गरिने अभ्यासले दिमाग चम्किलो बनाउँछ, तेजिलो पार्छ र तिक्ष्ण बुद्धिको भइन्छ

इजरायल–गाजा युद्ध, मेरो मानसपटलमा

हरेक नेपालीहरूलाई नेपाल छाडेर विदेशिनुको आ–आफ्नै पीडाहरू हुन्छन् । देशमा भैरहेको जनयुद्धका कारण पनि कति नेपालीहरू अशान्तिको कालो बादल छक्याउँदै, शान्तिको खोजीका लागि पनि विदेश पसेको हुनुपर्छ भने कति त ज्यानै जोगाउन समेत विदेशिएका होलान् । यसरी युद्धलाई मात्र दोष थुपार्नु पनि त होइन, विशेष रूपमा त गरिव राष्ट्रका जनताहरू विदेश गएर नकमाए जहान परिवार कसरी पाल्ने? भन्ने सवाल सदा ठिङ्ग उभिरहेकै कुरा हो । बाजे बराजुको पालादेखि नै गाउँघरदेखि शहरसम्मका केही मानिसहरू विदेशका नाममा अरवका खाडीहरूमा, यूरोप, अमेरिका, ब्रटिश तथा क्यानडाहरूमा समेत नपसेका होइनन् तर त्यतिबेलाको कुरा भिन्दै थियो ।

योमन दुख्छ आँसु बग्छ

योमन दुख्छ आँसु बग्छ, रगत बगे सरि यहाँ
बेहोश हुन्छु पागलसरि सम्झी घरि घरि यहाँ

तड्पी तड्पी बाँच्नु पर्ने कुन भाग्यको खेल यस्तो
छिया छिया हुन्छु मुटु सोच्छु अनेक थरी यहाँ ।

नढाँटे नि हुन्छ प्रिय

आँशुसँगै माया तिम्रो नसाटे नि हुन्छ प्रिय ।
अति माया गर्छु भनि नढाँटे नि हुन्छ प्रिय ।

तिम्रो मनको कुना कुना चहारेर निस्की सकेँ
घिउसँग मनकै लड्डु नचाटे नि हुन्छ प्रिय ।

अहम् कर्मका सिमानाहरू ध्वस्त हुदैछन्

स्वतन्त्ररूपमा
फैलिएर रहेका
कर्मका सिमानाहरू
हुनुले नै सायद,
हरेक विहानीहरूमा,
गाउँघर तथा झुपडीहरूबाट
कसैको छोराछोरी,
कसैको बाबुआमा
कसैको दाजुभाइ
कसैको दिदीबहिनी

कसैका आफन्त र प्रेमीप्रेमिकाहरू

पोखराकी एउटी परी

पोखराकी एउटी परी फेवातालमा पाएँ मैले
सँगै जिउने सँगै मर्ने वाचा कसम खाएँ मैले

कल्पनाको मन्दिरभित्रै उनीलाई भेटे पछि
नटुङ्गियोस् यात्रा भनी बाराही नि धाएँ मैले

सिमसारे कमलको फूल तिमी

तिमी एउटा कमलको फुल
सारा धरातल छाडेर कतै सिमसारमा
ढकमक्क फुलेको शोभायमान फुल
हरेक मानवीय दृष्टिकोण
हिलैमा फुलेर होला
त्यसैले एउटा सकरात्मक सोच बनेको छ ।
म पनि सोच्ने गर्थे

सफलता ताक्दैछु

म घोट्दैछु
र पेष्ट बनाउँदैछु
कैयन जिन्दगीहरूलाई,
रणभूमिमा अलर्ट राख्दैछु
क्याट वाकको चालसँगै,
तेज नजरले नियाल्दैछु ।

परिक्रमण गर्दैछु
पृथ्वीको गति भन्दा तेज,
सँसार जित्नु छ सायद,

अचेल म रोबर्ट भएको छु

मेरो मानसपटलका स्पर्शहरूले
तिम्रो सुन्दर बस्तीहरूलाई छिचोल्दै
मेरा अन्तरहृदयका चाहानाहरूलाई समेट्दै
जीवनका अनेकन दुःख पीडाहरूलाई खेप्दै
सिर्जनाका कालान्तर यात्राहरूमा
अचेल म रोवर्ट भएको छु ।

सिस्टम

निन्द्रबाट ब्यूँझिएर
काल्पनिक सँसारको क्षितिजसम्म
लक्ष्यलाइ तेर्साउँदै
भौंतारिने यन्त्रमानव
अनन्तको विलय भन्दा
अकल्पनीय केहि छैन ।

दर्शनको यथार्थताबाट
साँसारिक मोजमस्तीमा ह्याक गर्ने

जिन्दगी के सार भयो

अलिकति पिएर खै, जिन्दगी के सार भयो ।
अलिकति जिएर खै, जिन्दगी के पार भयो ।।

नशा भित्रै लुकाएर, जिन्दगीको अर्थ कहाँ,
बुझ्नै पर्ने अनौथोको, सिंगै उपहार भयो ।

तिमी बिनाको जीवन

तिमी बिना जसोतसो, जीवन चलेकै छ ।
कृष्णपक्ष अँध्यारोमा जीवन बलेकै छ ।।

गाह्रो हुँदो रैछ साँच्चै, जीवन चलाउन,
भित्र भित्रै खरानी भै, यो मन जलेकै छ ।

अचम्मको हुँदो रैछ, पर्खाइको पीडा,

तिमीसँग जीवन

जिउँदिन भन्छु म, तिमीसँग जीवन ।
हुँदिन भन्छु म, तिमीसँग जीवन ।।

बाध्यताले मात्रै, कहाँ नै हुन्छ र,
रूँदिन भन्छु म, तिमीसँग जीवन ।

काल्पनिकताले, मस्तिष्क भित्र,