Skip to content

यसै जिएको छु


कैयन रात तिम्रो यादमा धेरै रोएको छु,
त्यहि आँसुले आँखाहरू सधै धोएको छु ।

निन्द्रा भित्र कराउँदै होश गुमाउँदै,
कोमल तिम्रा हर स्पन्दनमा मैले छोएको छु ।

सत्य हेर तिमी टाढा नभएको भए,
अँगालो मै बेरी बेरी कति रोएको छु ।

भोक तिर्खा सबै टाढा राखें तिमीदेखि,
एउटै इच्छा तिमी भित्र मैले पाएको छु ।

जिन्दगी यो तिमी सँगै लुप्त बनाउँदै,
नशा ठानी प्यालाबाटै सिधै पिएको छु ।

तिम्रो शरीर मेरै ठानी अन्तिम पलसम्म,
विवशसँगै जलन बनी यसै जिएको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *