कस्तो बिडम्वनाको यो जिन्दगी
माली बनेर पनि फूल फुलाउन सकिन
कस्तो विचित्रको यो जिन्दगी
चाहेर पनि तिमीलाई भुलाउन सकिन
कति पीडित यो जिन्दगी
बिर्सेर पनि पीडालाई सहन सकिन
कस्तो विवशताको यो जिन्दगी
चाहेर पनि तिमीलाई कहन सकिन
कति अचम्मको यो जिन्दगी
छ छैन वा हो होइन पनि भन्न सकिन
सधै विछोडिएको यो जिन्दगी
तिमीसँग प्रेमको भिख माग्न सकिन
