Skip to content

प्रकृति अधिकारी

चित्रकार छेतेन

  • by

शोखका लागि चित्रकला कोर्ने गरेकी छेतेन डोका शेर्पाले अन्तर्राष्ट्रिय पुरस्कार हात पार्न सफल भएकी छिन् । पुरस्कार जितेर उनले नेपाली बालबालिका पनि चित्रकलामा निकै दक्ष र उत्कृष्ट छन् भन्ने सन्देश विश्वभरि दिन सफल भएकी छिन् ।

मधुपर्कको गौरवगाथा

  • by

कीर्तिमान कायम गर्न साच्चिकै कठिन हुन्छ । कीर्तिमान समय, घटना र निरन्तरताले पनि कायम गर्न सक्दछ । यसरी बनेको कीर्तिमान अन्ततः इतिहास बन्दछ । कुनै विगतको इतिहास भने कुनै जीवित इतिहास । सन्दर्भ मधुपर्कको हो । यसले पनि कीर्तिमान कायम गर्न सकेको छ । एउटा होइन, दुई वटा होइन । चार वटा कीर्तिमान मधुपर्कले कायम गर्न सकेको छ ।

भिन्दै छ खोकनाको दसैँ

  • by

नेपालीहरूको महान् चाड बडादसैँ टीका-जमरा लगाई उल्लासका साथ मनाउने चलन छ तर नेपालका कुनै हिन्दूहरूले टीका-जमरा नलगाई बडादसैँ मनाउने गरेको सुन्दा रोचक लाग्न सक्छ । दक्षिण ललितपुरको खोकना गाउँमा टीका-जमरा

मुनामदन र बसाइँको कीर्तिमान

  • by

पुसको अन्तिमसाता प्रज्ञाभवनमा आयोजित पुस्तक पर््रदर्शनी । शिक्षामन्त्री राधाकृष्ण मैनालीका नजर बरण्डामा सुताइएका कृतिहरूमा टिकेको दृश्य । पुस्तकहरूको भीडमा केही त उनको हातमा परे पनि । चारसय चानचुन रुपियाँ तिर्ने इच्छा पूरा गरे । उनी भन्दै थिए- “फर्ुसदका बेलाँ साहित्यिक किताबहरू पढ्छु नि !” सरकारका पर्ूव सचिव दामोदर ढकालले गएको साल प्रकाशित गरे ‘यात्रा संस्मरण’ । पुस्तक डेढसयप्रति त आफन्त, साथीभाइलाई बाँडेरै सके । हालसम्म कति बिक्री भए, उनलाई अत्तोपत्तो छैन ।