Skip to content

राजेश्वर ढकाल

राजको अन्तिम पत्र आशालाई

पराई प्रेयसी आशा……

रेगिस्तानबाट अन्तिम प्रेमोपहार, नयाँ जीवनको शुभकामना सहित ।

आशा र म एकै छिमेकका बसेरा हौ । मैले थाहा पाए अनुसार आशाले मलाई मनपराउथी तर भन्न डराउथी । हामी दुईकै पानी भर्ने पधेरी एकै थियो । एकदिन साँझपख उनको र मेरो पधेरीमा भेट भयो । मैले उसलाई छेड हानेँ, “के हो, आशा यति साँझ पधेरीमा ? चक्रर छ जस्तो छ नि ?”

RajeshworDhakal-01

पथहिन परदेशी

  • by

अक्करमा फुलेको गुराँस
रुखका फक्रिएको सुनगाभा
त्रिशुलीको चिसो पानी
प्रियसीको मुस्कानजस्तो
त्यो मेरो खेतका गह्राहरू
सबैसबै-
बिरानो भो मेरो लागि

20110615_RajeshworDhakal_01

नवोदित साहित्यिक मोबाइल पुस्तकालयको अधिवेशन सम्पन्न

  • by

राजेश्वर ढकाल, तीर्थ संगम राई,
दोहा, कतार ।

“भाषाको उत्थान नेपालीको पहिचान सचेत र शिक्षित समाजको निमार्ण हाम्रो अभियान” भन्ने मूल उद्धोषका साथ स्थापना भएको नवोदित साहित्यिक मोबाइल पुस्तकालय कतार-२०६६ को प्रथम अधिवेशन १० जुन २०११ का दिन टप फर्म रेष्टुरेन्टमा भव्यताका साथ सम्पन्न भएको छ ।

प्रतिविम्व

  • by

आज भोलि हरेक साँझ
मात्र तिम्रो प्रतिविम्वले
अनायस सताउँछ मलाई
अनि रमाउँछु-
तिम्रो प्रतिविम्वको साथ ।

यो निर्झर रेगिस्तानमा
अरु बिकल्प नै के छ र ?

अनेसास नवोदित दोस्रो वाचन शृंखला सम्पन्न

  • by

राजेश्वर ढकाल
दोहा, कतार ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कतार च्याप्टर र नवोदित साहित्यिक मोवाईल पुस्तकालय कतारको सयुक्त आयोजना “अनेसास र नवोदित दोस्रो वाचन शृंखला” १३ मे शुक्रबार सम्पन्न गरेको छ । चर्तित ढुङगेलको संयोजकत्वमा भएको कार्यक्रममा नेपाली नियोगका द्वितीय सचिव तथा बरिष्ठ साहित्यिकार जय छाङ्छाले प्रमुख श्रोताको भूमिका निभाएका थिए ।

20100905_RajeshworDhakal-01

कतारमा आयोजित १४५ औं मोती जयन्ती गजलमय

  • by

दोहा, कतार।

“भाषाको उत्थान नेपालीको पहिचान, सचेत र शिक्षित समाजको निमार्ण हाम्रो अभियान ” भन्ने मुलनाराका साथ स्थापित नवोदित साहित्यिक मोवाइल पुस्तकालयले १४५ औं मोतीजयन्ती समारोह सम्पन्न गरेको छ ।

“आमा भन्छिन फर्क बाबु अति भयो अत्याचार
बाबा रुदै भन्नुहुन्छ फेरी उठाऊ हतियार”
लक्ष्मण संकल्पका यिनै गजलका शेरहरूबाट सुरुभएको गजल वाचन ।

“खाली छ मनको डेरा बसाई सरे हुन्छ
तिम्रो लागि खुला सधै लुकामारी गरे हुन्छ”
कहिले माया प्रमेका गजल ।

“कहिले फड्को मार्ला देशले छैन आशा भनु भने
बन्छ बन्न् संविधान छ सौं एक छन गनु भने ”
कहिले देशमा बन्न नसकेको संविधान साथै राष्ट्रिय भावले ओतप्रोत गजल ।

“यसपालीको दशै तिहार घर आउन पाइन आमा
खाली रह्यो निधार नि सजाउन पाइन आमा”
प्रवासमा चाडवाड आउँदा हुने पीडाहरू गजलमार्फत पस्केका थिए श्रष्ट्राहरूले ।

बुख्याँचा

मलिन अनुहार
कम्पित स्वर
अनि आँखामा टिल्पिल टिल्पिल आँशु
बोल्ने केही शब्द छैन ऊसँग
किनकि ऊ विचारहीन छ
त्यसैले ऊ नतमस्तक पनि ।

जिम्मेवारी धेरै थपिएको छ
शुन्य मष्तिष्कले
गर्ने हिम्मत छैन
तर पनि
उसमा अहमता छ

नवोदित साहित्यिक मोवाइल पुस्तकालय दर्ता, अध्यक्षमा बद्रीप्रसाद पराजुली

  • by

राजेश्वर ढकाल
दोहा, कतार।

भाषाको उत्थान नेपालीको पहिचान भन्ने मुलनाराका अगाडी बढेको नवोदित साहित्यिक मोवाइल पुस्तकालयले गत आइतबार अक्टोबर १५ ताखिकका दिन विधिवत रुपमा दर्ता गरेको छ । डायास्पोरामा साहित्यप्रति जागरुक जनमानसको रुचि र माग बमोजिम साहित्य कला र अन्य विविध विधासँग सम्बन्धित पुस्तकहरू उपलब्ध गराई साहित्यिक तिर्खा मेटाउँदै नेपाली भाषा, संस्कृति र साहित्यलाई मात्र हैन नेपाल राष्ट्रलाई नै बिश्व मानचित्रमा चिनाउँन प्रयासरत यस मोवाइल पुस्तकालय २०६६ सालदेखि संचालनमा आएको थियो ।

RajeshworDhakal

हामी विचको सम्बन्ध चिसिए झैं लाग्छ

हामी विचको सम्बन्ध चिसिए झैं लाग्छ
मिलनमा विछोड यहाँ मिसिए झैं लाग्छ

रोज्नु परे संसारमा तिमी रोज्छु भन्थ्यौ
आज तिनै कुराहरु जिस्किए झैं लाग्छ

गोरखकाली भाकल गरी खाएका ती कसम
तिमीले ती वाचा कसम बिर्सिए झैं लाग्छ

तिम्रो यादमा

  • by

तिम्रो यादमा एकान्तमा टोलाउन थालेको छु
सपनीमा तिमीलाई नै बोलाउन थालेको छु

कहिलै छाड्न नसकिने अमृत झै तिम्रो माया
कल्पनामै आजभोलि खेलाउन थालेको छु


चन्चले यो मनको रहर


चन्चले यो मनको रहर कसले पुरा गर्ला कान्छी
भरिएको जवानीमा कस्को? नजर पर्ला कान्छी

कोही छैन दायाँ बायाँ परेलीले बोलाउने
उर्लिएको माया मेरो अनायासै झर्ला कान्छी

तीज आयो घुमिफिरी

  • by

तीज आयो घुमिफिरी माइत आऊ है चेली
माइतीमा जे भने पनि हाँसी खुशी खाऊ है चेली

बुढा भ’का बाआमालाई खुशी राख्नु तिम्रो धर्म

आँगनीमा नाच्दै रमाउँदै गित गाऊ है चेली


भुतुक्कै पारी मलाई

कर्के नजर लाउनेले भुतुक्कै पारी मलाई
पहिलो प्रेम दाउनेले भुतुक्कै पारी मलाई

धुत्नसम्म धुति हरे दोबाटोमा छाडी मलाई
अघि-पछि सधै धाउनेले भुतुक्कै पारी मलाई