राजेश्वर ढकाल
दोहा, कतार ।
अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कतार च्याप्टर र नवोदित साहित्यिक मोवाईल पुस्तकालय कतारको सयुक्त आयोजना “अनेसास र नवोदित दोस्रो वाचन शृंखला” १३ मे शुक्रबार सम्पन्न गरेको छ । चर्तित ढुङगेलको संयोजकत्वमा भएको कार्यक्रममा नेपाली नियोगका द्वितीय सचिव तथा बरिष्ठ साहित्यिकार जय छाङ्छाले प्रमुख श्रोताको भूमिका निभाएका थिए ।
कार्यक्रमको बारेमा जानकारी दिदै अनेसास कतार च्याप्टरका अध्यक्ष दीपक भेटवालले भने, “हामी एउटै यात्रामा हिड्ने सृजनाकारहरू एकआपसमा परिचित भएका छौ । सबै साहित्यिक मनहरूलाई एकआपसमा भेला गरी रचना वाचन गर्ने तथा वाचित रचनाको मन्थन गर्ने, सिक्ने सिकाउने साझा चौतारीको हो ।” त्यसैले सम्पूर्ण साहित्यिक मनहरूलाई उपस्थित हुन आग्रह गरे अनेसास कतार च्याप्टरका अध्यक्ष दीपक भेटवालले ।
वाचन शृंखलामा कोही म मुर्ख हुँ भन्दै कुल्न्थे त त कहिले छोडेको मायालुलाई सम्झदै गीत मार्फत भन्ने गर्थे-
“तिमीले छोडी गएदेखी तड्पी तड्पी वाचेको छु
खुशी राखी बन्दकीमा देखावटी हाँसेको छु…!”
कहिले आफू किसानी भन्दै गजल गाउँथे-
“हिउद वर्षा धुवा धुलो ख्वाको मान्छे परे म त
खाली गोडा कुवा कुलो धाको मान्छे परे म त…”
कहिले देशको चिन्तन गर्दै नेतालाई गाली गर्दै भन्थे-
“हिजो खार्यो झापड मात्रै भोलि मरौंला
बिना कार्मै भत्ता धेरै दार्छौ कतिन्जेल ?”
यसरी श्रष्ठाहरूलाई दुःख सुख्ख साटेका थिए । उक्त कार्यक्रममा भीमबहादुर लिम्वुले हातलै नै तयार गरेको चित्रकला प्रदशन गरिएको थियो । उनको चित्र कलालाई उपस्थित सम्पूर्णले प्रसंशा गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख श्रोता नेपाली नियोगका दितिय सचिव तथा बरिष्ठ साहित्यिकार जय छाङ्छाले साहित्यिले आनन्द दिने बताउदै साहित्यले अहिले हैन भोलि बाँच्न सिकाउने तर्क ब्यक्त गरे । उनले शृंखलामा वाचित रचनाहरू सम्पूर्ण आफूलाई मन परेको बताउँदै चित्रकलामा प्रदशन गरेको चित्रको पनि खुलेर प्रसंसा गरे । दोहाको साहित्यिक माहोल देखेर खुशी हुदै उजार मरुभूमीमा रसमय होला भन्ने सोचेकै थिइन तर एकदम उर्वर र रसमय पाएकोमा गर्व महशुष गरेको बताए बरिष्ठ साहित्यिकार जय छाङ्छाले ।
“मोसफलका मान्छेहरूलाई
शहरले पासो थाप्छ
पासोमा बल्झिरहन्छन
मान्छेहरू…!”
उनीले शहर के हो ?, मायाको आकार, तिम्रो तस्विर शीर्षकको कविता पनि सुनाएका थिए ।
कार्यक्रममा साहित्यकार बद्री प्रसाद पराजुली, दीपक भेटवाल, तीर्थसंगम राई, हेमन्त परदेशी, भानु सुनुवार, राजकुमार पुत्ला, नविन लामा, महेन्द्र वियोगी गुरुङ, नवराज नवोदित, अतृप्त कमल, सिन्तोष सिटौला, सरोज थापा, वेदनाथ पुलामी, भोजराज दाहाल, महेश्वर नेपाल, प्रेम लामा, पूण वेघा, दीपक राजवंशी पराई, नन्द सारु मगर, रजक रायन लगायत २५ भन्दा बढी साहित्यक मनहरूको उपस्थित थियो ।
—
राजेश्वर ढकाल
बगुवा-६ गोरखा
हाल: दोहा-कतार
