तीर्थ राई 'संगम'
अनेसास नवोदित साहित्यिक वाचन शृंखला शुआरम्भ
तीर्थ संगम राई
दोहा, कतार ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), कतार च्याप्टर र नवोदित साहित्यिक मोबाईल पुस्तकालय, कतारको संयुक्त आयोजनामा संचालन भएको साहित्यिक वाचन शृंखलाको पहिलो शृंखला यही ०८ अप्रिल २०११ नेशनल स्थित टपफम रेष्टुरेण्टमा भब्यताका साथ सम्पन्न भयो । साहित्यलाई जसरी सम्मान गरिन्छ त्यसरी नै सम्मानपूर्वक श्रवण पनि गरिनु पर्छ भन्ने उदेश्यका साथ यो शृंखलात्मक वाचन सुरु गरिएको हो ।
दोहामा छरिएर रहेका सिर्जनाधर्मीहरूको निश्चित मिलनबिन्दु र हरेक शृंखलामा वाचन गरिएका उत्कृष्ट रचनाहरूलाई रचनाकारको स्वरमा रकर्ड गर्दै, एक अर्कामा सिर्जना आदान प्रदान गर्ने अर्को उदेश्य रहेको छ । हरेक महिनाको दोस्रो शुक्रबार पारेर थालनी गरिएको यो पहिलो शृंखलाका संयोजक दीपक भेट्वाल रहनुभएको थियो । हरेक महिना फरक-फरक संयोजक रहने यस शृंखलामा आगामी महिना र शृंखलाका लागि संयोजक चर्चित ढुंगेल चयन भएका छन् ।
