Skip to content

हामी विचको सम्बन्ध चिसिए झैं लाग्छ

RajeshworDhakal


हामी विचको सम्बन्ध चिसिए झैं लाग्छ
मिलनमा विछोड यहाँ मिसिए झैं लाग्छ

रोज्नु परे संसारमा तिमी रोज्छु भन्थ्यौ
आज तिनै कुराहरु जिस्किए झैं लाग्छ

गोरखकाली भाकल गरी खाएका ती कसम
तिमीले ती वाचा कसम बिर्सिए झैं लाग्छ

मन मन्दिरमा अर्कैलाई सजाएर हो कि
राजेश्वरसँग आजकल रिसिए झैं लाग्छ

वगुवा-६ गोरखा
हाल : दोहा,कतार

1 thought on “हामी विचको सम्बन्ध चिसिए झैं लाग्छ”

  1. बनोटमा चाहिं अलि प्रयास
    बनोटमा चाहिं अलि प्रयास गर्नुपर्ने देखिन्छ।

    ल है, सबथोक समाप्त हुनु अघि नै ठिक पार्नुहोस् । नत्र ढिला होला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *