कालीप्रसाद रिजाल
मेरो रामकहानी
मैले आमाको प्रेरणाबाट नौ वर्षो उमेरदेखि कनीकुथी गीत कथ्न थालेको हु“ । ११ वर्षो उमेरमा त मञ्चमा उभिएर गाउन सक्ने भइसकेको थिए“ । हिन्दी गीत मात्र गाउने प्रचलन रहेको ठाउ“मा एउटा ठिटोले आफ्नै लयमा नेपाली गीत कथेर गाउनु त्यसबेला ठूलै कुरा थियो । गीतका हरफ केही यस्ता थिए ः नरोउ रातको शशि उषा ती पर्खंदैछिन डा“डापार िए आमा ए आमा विश्वको लडाइ“मा जान भन्दिने भए भर्ती खुल्यो रे, गाइदे गाइदे गाइदे नीर लुकाइ गाइदे इत्यादि ।
कता जाँदैछ आधुनिक गीत
मैले थाहा पाएसम्म सात साल पहिले नेपालका शहरी क्षेत्रमा हिन्दी गीतको बोलवाला थियो । धार्मिक समारोहमा पनि हिन्दी भजन गाउने चलन थियो । स्कूलको प्राङ्गणमा हिन्दी पर््रार्थना गरेर मैले एसएलसी पास गरेको हुँ । धरानमा पहाडबाट र्झर्ने ढाक्रेहरूले लोकगीत गाउँथे । मा. मित्रसेनका केही गीत मैले त्यतिबेलै सुनेको थिएँ । तर त्यस्ता गीतलाई सम्भ्रान्त शहरियाहरूले हल्का रूपमा लिने गर्थे । सात सालमा प्रजातन्त्र रेडियोबाट रानुदेवीका गीत सुन्न पाइयो । सेतुराम, मेल्वादेवी, उस्ताद साहिँला, मिस प्रभाका गीत धेरैपछि काठमाडौँमा सुनेको हुँ । धर्मराज थापाले ठाउँठाउँमा गाएर लोकगीतको लहर ल्याएपछि नै शहरिया समाजमा लोकशैलीका गीतले प्रतिष्ठा पाउन थालेका हुन् ।
- « Previous
- 1
- 2
