Skip to content

कालीप्रसाद रिजाल

मेरो रामकहानी

  • by

मैले आमाको प्रेरणाबाट नौ वर्षो उमेरदेखि कनीकुथी गीत कथ्न थालेको हु“ । ११ वर्षो उमेरमा त मञ्चमा उभिएर गाउन सक्ने भइसकेको थिए“ । हिन्दी गीत मात्र गाउने प्रचलन रहेको ठाउ“मा एउटा ठिटोले आफ्नै लयमा नेपाली गीत कथेर गाउनु त्यसबेला ठूलै कुरा थियो । गीतका हरफ केही यस्ता थिए ः नरोउ रातको शशि उषा ती पर्खंदैछिन डा“डापार िए आमा ए आमा विश्वको लडाइ“मा जान भन्दिने भए भर्ती खुल्यो रे, गाइदे गाइदे गाइदे नीर लुकाइ गाइदे इत्यादि ।

निस्ठुरीले छाडेर गैहाली

  • by

निष्ठुरीले छाडेर गैहाली
हेर्दा हेर्दै अर्कैकी भैहाली
एक्लो पारेर हो माया मारेर
निर्मोहीले हरिताल लाइहली
जिन्दगीमा धरधरी रुवाइहली
एक्लो पारेर हो माया मारेर

कता जाँदैछ आधुनिक गीत

मैले थाहा पाएसम्म सात साल पहिले नेपालका शहरी क्षेत्रमा हिन्दी गीतको बोलवाला थियो । धार्मिक समारोहमा पनि हिन्दी भजन गाउने चलन थियो । स्कूलको प्राङ्गणमा हिन्दी पर््रार्थना गरेर मैले एसएलसी पास गरेको हुँ । धरानमा पहाडबाट र्झर्ने ढाक्रेहरूले लोकगीत गाउँथे । मा. मित्रसेनका केही गीत मैले त्यतिबेलै सुनेको थिएँ । तर त्यस्ता गीतलाई सम्भ्रान्त शहरियाहरूले हल्का रूपमा लिने गर्थे । सात सालमा प्रजातन्त्र रेडियोबाट रानुदेवीका गीत सुन्न पाइयो । सेतुराम, मेल्वादेवी, उस्ताद साहिँला, मिस प्रभाका गीत धेरैपछि काठमाडौँमा सुनेको हुँ । धर्मराज थापाले ठाउँठाउँमा गाएर लोकगीतको लहर ल्याएपछि नै शहरिया समाजमा लोकशैलीका गीतले प्रतिष्ठा पाउन थालेका हुन् ।

यसै गरी बिताईदिन्छु

यसै गरी बिताइदिन्छु दुई दिनको जिन्दगी
हाँसोमा लुटाइदिन्छु आफू आँसुमा डुबी
यसै गरी बिताइदिन्छु दुई दिनको जिन्दगी

नातिनीसँगको संवाद ?

  • by

सानो भनेर के गर्नू !
केटाकेटीका अगाडि
कुरै गर्न नहुने भयो !
पाँच वर्षी नातिनी अप”र्वाले
एकदिन एकाएक सोधी
काका, काका एकलाख सैंतिस हजारको
ब्याग कस्तो हुन्छ ?
राम्रो हुन्छ नि
अरू भन्दा बेग्लै हुन्छ
मैले संक्षप्ित उत्तर दिएँ
किन त्यतिविधि महँगो त ?

रहस्योद्घाटन

  • by

आज म अत्यन्त गुहृय कुराको
रहस्योद्घाटन गर्दैछु-
जति पनि कविता, गीत
जति पनि पुस्तक आजसम्म
मेरा नाममा प्रकाशित भएका छन्
ती एउटै पनि मैले लेखेको होइन !

खुसीले पागल भइरहेछु म

  • by

खुसीले पागल भइरहेछु म
त्यसै त्यसै आह्लादित भइरहेछु म
आजको यो अनमोल दिनलाई
यो बहुमूल्य, दुर्लभ दिनलाई
कसरी मनाउने ? कसरी मनाउने ??