मैले आमाको प्रेरणाबाट नौ वर्षो उमेरदेखि कनीकुथी गीत कथ्न थालेको हु“ । ११ वर्षो उमेरमा त मञ्चमा उभिएर गाउन सक्ने भइसकेको थिए“ । हिन्दी गीत मात्र गाउने प्रचलन रहेको ठाउ“मा एउटा ठिटोले आफ्नै लयमा नेपाली गीत कथेर गाउनु त्यसबेला ठूलै कुरा थियो । गीतका हरफ केही यस्ता थिए ः नरोउ रातको शशि उषा ती पर्खंदैछिन डा“डापार िए आमा ए आमा विश्वको लडाइ“मा जान भन्दिने भए भर्ती खुल्यो रे, गाइदे गाइदे गाइदे नीर लुकाइ गाइदे इत्यादि । मेरो पहिलो रचना असमबाट निस्कने कुनै पत्रिकामा २०१०/११ सालतिर छापिएको थियो, सम्झनाको बाढीले वेदनाको मूल फुटायो … ।
मेरो प्रतिभा देखेर दाइ चिरञ्जीवी रजिाल विशेष गर्व गर्नुहुन्थ्यो । उहा“ले मलाई पहिलोचोटि कोइराला निवासमा लिएर जानुभयो । मैले बीपी, मातृका, तारण्िाी सबैलाई गीत गाएर सुनाए“ । साथीभाइलाई घरमा बेालाएर पनि सुनाउन लगाउनुभयो । बालकृष्ण रूपावासी, भवानी घिमिरे, माधव खनाल, भावुक, राधा घिमिरे, दर्ुगाबहादुर बर्माहरू सबैलाई आफ्ना रचनाहरू सुनाए“ । सबैबाट प्रशंसा पाएकै कारण म प्रोत्साहित हु“दै गए“ । धर्मराज थापा पर्ूवाञ्चल भ्रमणको सिलसिलामा धरान आउ“दा पब्लिक हाइस्कुलको प्राङ्गणमा मैले नै स्वागत गीत गाएको थिए“ । तर, कुनै लेखक-समीक्ष्ँकले मेरो प्रारम्भिक साहित्य-यात्राबारे कतै केही चर्चा नगरी दिएका कारण मेरो त्यो कालखण्ड ओझेलमा पर्‍यो । यहा“सम्म कि साहित्य संस्थानको आयोजनामा भएको विराटनगर सम्मेलनमा बालकृष्ण रूपावासीले प्रस्तुत गर्नुभएको कार्यपत्रमा हिन्दीमा लेख्ने व्यक्ति र हिन्दी पत्रिकाको सम्म उल्लेख गर्न भ्याउनुभयो । तर, १० वर्षो उमेरदेखि र्सार्वजनिक रूपमा आफ्ना नेपाली रचना सुनाउने कालीप्रसादको भने के कारणले हो चर्चा गर्न चाहनुभएन । अरूले पनि केही लेखिदिएनन् । त्यही कारणले होला, आज पनि मलाई नारायणगोपालको सर्म्पर्कमा आएपछि ०३२ सालदेखि गीत लेख्न थालेको भनेर वर्गीकरण गरन्िछ । तर, जीवनमा कहिल्यै गीत नलेखेको व्यक्तिले पहिलोचोटिमै ‘आ“खा छोपी…’ र ‘झरेको पातझै“ भयो…’जस्तो गीत लेखेको होला भनेर सोच्नेहरूप्रति पनि मलाई उदेक लागेर आउ“छ । यद्यपि, गीत लेख्न छाडेको मान्छेलाई २० वर्षछि फेर िगीत लेख्न लगाएर यहा“सम्म पुर्‍याउने काम भने निश्चित रूपमा नारायणगोपालबाटै भएको हो ।
वास्तवमा भन्ने हो भने ०१३ सालमा गीत गाउने रहरले पनि मलाई काठमाडौ“ तानेको थियो । साथमा मैले त्यसबेलाका चर्चित गीतकार माधव खनाल ‘भावुक’को सिफारसि पनि ल्याएको थिए“ । नातिकाजी-शिवशङ्करहरूलाई गीत नसुनाएको पनि होइन । तर, कोठामा झुन्डिएको माइकसामु गाएर जब स्वर परीक्षा दिने कुरा आयो, म टाप कसे“ । आ“टै गर्न सकिन“ । अनि गीत गाउने रहरलाई सदासदाका लागि तिलाञ्जलि दिएर म कवितातर्फएकोहोरएि“ ।
तर, कविताका लागि पनि मैले धेरै सङ्र्घष्ा गर्नुपर्‍यो । देवकोटा, सम, सिद्धिचरण, भिक्ष्ँु सबैकहा“ गएर मैले कविता सुनाए“ । चिरञ्जीवी दाइले सानोतिनो जमघट पनि गराइदिनुभयो । भूपी शेरचन, श्यामप्रसाद, शशिकला शर्मा, कुलमणि देवकोटाहरूको उपस्िथतिमा मैले कविता सुनाएको थिए“ । तर, धेरैले धेरै प्रशंसा गरे पनि गोष्ठीहरूमा मैले प्रवेश पाउन सकिन“ । समय भयो भने दिने भनेर मलाई अन्त्यसम्म पखाईराख्थे । तर, हरेकपल्ट मेरो पालो आउ“दैनथ्यो । कविताको कापी बोकेर धाइरहन्थ“े ।
यसैबीच, त्रि-चन्द्र कलेजबाट प्रकाशित हुने ज्योति पत्रिकाले आयोजना गरेको अन्तरकलेज साहित्य प्रतियोगितामा ‘मायाको प्रदेश’ नामक मेरो कविता प्रथम घोषित भयो । राजा महेन्द्रको हातबाट तक्मा र प्रमाणपत्र पाए“ । यस घटनाले मलाई एकाएक चर्चित बनायो । गोष्ठीहरूमा फाट्टफुट्ट अवसर पाउन थाले“ । पत्रिकाले पनि एकाध रचना छापिदिए । तर, काठमाडौ“को साहित्यिक मण्डलीमा पर्ूण्ारूपले समावेश हुन सकेको थिइन“ । सङ्र्घष्ाको क्रम जारी थियो । साहित्यिक पत्रिका कम भएकाले एउटा सम्पादकलाई धेरै कविले पछ्याउने स्िथति थियो । त्यसमा पनि बाहिरबाट आएको लिखुरे कविलाई कसले पुछ्ने – रचनाभन्दा व्यक्तिको नामले प्रश्रय पाउ“थ्यो ।
लगातार दर्ुइ अङ्कसम्म नछापिए अस्वीकृत भएको ठान्नु भन्ने नियम थियो । मेरा रचनाहरू अस्वीकृत भइरहन्थे“ । कहिलेकाही“ त भित्र आत्मग्लानि र हीनताबोध पनि हुन्थ्यो । झोकैझोकमा कति रचना त मैले साथीभाइलाई बा“डिदिन्थे“ । आफ्नो रचना अरूको नाममा छापि“दा खुसीभन्दा धेरै पीडा हु“दोरहेछ । विडम्बना नै भनौ“ मेरा नाममा छापिएका कविताभन्दा अरूका नाममा छापिएका मेरा कविता बढी चर्चित भएका छन् ।
एउटा प्रसङ्ग भनौ“ । रूपरेखाले कविता विशेषाङ्क छाप्ने भयो । मैले पठाएको रचनाले स्थान पाउन सकेन । मैले श्रीमती अजिताका नाममा फेर िकविता पठाए“ । त्यो तत्काल छापियो । छापियो मात्र होइन, ‘मेरै सारी मेरै कोटमा अल्झेको’ नामको त्यो कविता प्रसिद्ध समालोचक चूडानाथ भट्टर्राईले विशेष चर्चाका साथ आफ्नो समीक्ष्ँात्मक पुस्तकमा उल्लेखसमेत गर्नुभयो । यसपछि मैले अजिताका नाममा केही कविताहरू छपाए“ ।
०१७ सालको घटना हु“दा म त्रिपुरेश्वरमा एमए पढ्दै थिए“ । सडकपार िप्रधानमन्त्रीको निवास थियो । बीपीलाई गिरफ्तार गरेर बन्दगाडीमा लगेको हामीले देखेका थियौ“ । यस घटनाले मलाई निकै आक्रोशित तुल्याएको थियो । स्वास्थ्यका कारण बीचैमा पढाइ छाडेर म बनारसतिर लागे“ । त्यसै पनि म यथार्थवादी प्रगतिवादी कविता लेख्न मन पराउ“थे“ । बनारसमा मैले क्रान्तिकारी कविता लेखे“ । युगवाणी, उदयजस्ता पत्रिकामा केही कविता छापिए पनि । युगवाणीमा छापिएको ‘दसै“’ कविता त्यसबेला निकै आपत्तिजनक ठानिएको थियो । तर, वासुशशीसित भेट भएपछि मेरो लेखनको धार अलिकति बदलियो । म कामु, नित्से, र्सार्त आदि लेखकका विचारबाट प्रभावित भए“ ।
वासुकै आग्रहमा मेरो पहिलो कवितासङ्ग्रह ज्वारभाटा ०१९ सालमा बनारसबाट प्रकाशित भयो । जीवनको लक्ष्य नै साहित्य भएकाले म वकालतजस्तो स्वतन्त्र व्यवसाय अपनाउन चाहन्थे“ । सरकारी जागिरप्रति मेरो रुचि थिएन । तर, सोचेजस्तो हु“दो रहेनछ । धनकुटा ड्रि्री कलेज बन्द हुने अवस्थामा पुगेकाले प्राध्यापकहरूको खोजी भइरहेको थियो । त्यही सिलसिलामा प्रतिनिधिमण्डलले बुबासित कुरा गरेछ । आफ्नो पनि पुख्र्यौली थलो भएकाले धनकुटावासीको आग्रहलाई पिताजीले इन्कार गर्न सक्नुभएन । प्रिन्सिपलका साथै अर्थशास्त्रको प्राध्यापकका रूपमा मैले दर्ुइ वर्षधनकुटा ड्रि्री कलेजमा काम गरे“ । यसैबीच भूमिसुधार लागू भयो । मन्त्रिपरष्िाद् का तत्कालीन उपाध्यक्ष र्सर्ूयबहादुर थापाले भूमिसुधारको कार्यान्वयनमा सहयोग गर्नुपर्‍यो भने र आग्रह गर्नुभयो । सुरुमा त मैले कलेज छाड्न नमिल्ने भनेर अर्समर्थता प्रकट गरे“ । तर, जब स्वयम् राजाबाट हुकुम भएको भन्ने कुरा आयो, मैले ठाडै अस्वीकार गर्न सकिन“ । परविारका अग्रजहरूको पनि दबाब थियो । यस प्रकार नचाह“दा नचाह“दै पनि सरकारी जागिरमा संलग्न हुनुपुगे“ । सर्वोच्च अदालतबाट एडभोकेटका प्रमाणपत्र लिएर पनि वकालत गर्ने मेरो धोको आजसम्म अधूरै छ ।
जागिरमा प्रवेश गरेपछि केही हदसम्म मेरो लेखन पनि प्रभावित भयो । दुइटा व्यक्तित्व मस“गस“गै बा“च्न थाले“ । प्रशासकीय जिम्मेवारी र लेखकीय दायित्वबीच सन्तुलन कायम गर्ने कठोर अभ्यासमा दिनहरू बितेर गए । निरन्तर अन्तरद्वन्द्वमा बा“च्नुपर्ने भयो । कहिले आत्माको आवाज लेख्न खोज्दा विवादित भए“, कहिले जागिर जोगाउन खोज्दा आरोपित भए“ । कर्मचारी भएर ‘मुटुमाथि ढुङ्गा राखी हा“स्नुपर्‍या छ’ भनेर गीत लेख्नेलाई फा“सीको सजाय हुनर्ुपर्छ भनेर दरबारमा बिन्तीपत्र पर्‍यो । गीतमाथि तत्काल प्रतिबन्ध पनि लगाइयो । उच्चस्तरीय जा“च समितिले फार्कत दिएपछि गीत फेर िबज्न थाल्यो । फा“सीमा मैले झुन्डिन परेन । गाईजात्राको समारोहमा व्यङ्ग्य कविता सुनाएको अपराधमा खोसुवा पर्ुर्जी काटियो । राजीनामा दिएर झन्डै दर्ुइ महिना घर बसे“ । फेर िबाचाबन्धन गरेपछि जागिर थामियो । कतिपटक आवेशमा राजीनामा गरे“, फेर िनिरीह भएर फिर्ता लिए“ । मेरो कार्यक्ष्ँमता र मिहिनेतले गर्दा मलाई निकालिहाल्न पनि सकेनन् तर पर्ूण्ा रूपमा विश्वास गर्न पनि चाहेनन् ।
हरेक व्यवस्थाले मलाई भरपूर उपयोग गर्‍यो । तर, सधै“ शङ्काको दृष्टिले हेररिह्यो । रजिालका केही कवितामा प्रकाशित ‘सेतो पन्ना मेरो कविता’ नामक कविताले मेरो जागिर खाइसकेको थियो । कविताको अन्त्यमा लेखिएको टिप्पणीले जोगायो । त्यो बुद्धि दिने मान्छे भैरव अर्याल हो । व्यङ्ग्य लेखन निकै जोखिमपर्ूण्ा हु“दोरहेछ, व्यङ्ग्य लेखनकै कारण सत्तँधारी मात्र होइन, हरेक व्यवस्थामा अपरहिार्य हुन पुगेको एउटा सशक्त बौद्धिक समुदाय मदेखि क्रूद्ध हुन पुग्यो । आखिर मैले छद्म नामको सहारा लिन पर्‍यो । साप्ताहिक परििस्थतिको ‘गुप्त कुना’ स्तम्भमा मैले सहस्र चक्ष्ँुको नामले झन्डै चार-पा“च महिना लेखे“ । साप्ताहिक समकालीनमा पनि दर्ुवाशा अधमको नामले मुक्तक र छोटा कविताहरू छपाए“ ।
फर्केर हर्ेदा लाग्छ मेरो कमजोरी यही रह्यो कि मैले अन्तरआत्माको आवाजलाई दबाउन पनि सकिन, सबै छोडछाड गरेर सडकमा उत्रने आ“ट गर्न पनि सकिन“ । व्रि्रँेहमा कलम पनि उठाए“, फेर िसम्झौता पनि गरे“ । न त राम्रँे कर्मचारी बन्न सके“, न राम्रो लेखक नै । दुवै क्षेत्रमा म असफलसिद्ध भए“ । मेरो सम्पर्ूण्ा ऊर्जाशील युवा अवस्था निर्देशन पालना र टिप्पणी लेखेर बित्यो । भर्खरको ठिटो भएर जागिरमा प्रवेश गरेको थिए“, सेतै फुलेर निस्िकए“ । तर, कसैले सराहना नगरे पनि एकान्तमा म आफै“लाई धाप दिने गर्छर्ुु परििस्थति र नियतिको त्यस्तो प्रतिकूलतामा पनि मैले आफ्नो सिर्जनाको दियोलाई निभ्न दिइन“ । बेला-मौकामा आत्माको आवाजलाई उद्घोष गर्न पनि छाडिन“ । ठीक छ, राम्रँे लेख्न सकिन“ होला तर लेख्न भने छाडिन“ । ७० वर्षो नजिक पुग्न लाग्दा पनि मेरो कलम थामिएको छैन । अझै पनि कविता लेख्छु, गीत लेख्छु, व्यङ्ग्य लेख्छु । कसैले ताली दिउन् या गाली, आफ्नो धूनमा एक्लै हि“डिरहेको छु । एउटा सामान्य लेखकका लागि योभन्दा सन्तोषको विषय के हुनसक्छ –

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *