Skip to content

नातिनीसँगको संवाद ?

  • by

सानो भनेर के गर्नू !
केटाकेटीका अगाडि
कुरै गर्न नहुने भयो !
पाँच वर्षी नातिनी अप”र्वाले
एकदिन एकाएक सोधी
काका, काका एकलाख सैंतिस हजारको
ब्याग कस्तो हुन्छ ?
राम्रो हुन्छ नि
अरू भन्दा बेग्लै हुन्छ
मैले संक्षप्ित उत्तर दिएँ
किन त्यतिविधि महँगो त ?

राम्रो छालाले बनेको
राम्रो डिजाइन भएकोले
मैले उसको जिज्ञासा शान्त गर्न खोजें
तर उ शान्त भइन
फेरि प्रश्न तेस्र्याइ हाली
राम्रो त अरू पनि हुन्छ नि
त्यो चाहिं किन त्यस्तो महँगो ?
प्रश्न माथि प्रश्न थपिंदै गएपछि
उसलाई पन्छाउने दृषटिले भनिदिएँ
त्यसमा करोडौं रुपियाँ अट्छ त्यसैले …..
दुबै हात परै फैलाएर उसले भनी
करोडौं त उचालिनसक्नु हुन्छ
त्यति सानो ब्यागमा कसरी अट्छ ?
उम्कने प्रयास गर्दै
झट्पट् स्पषटीकरण्ा दिएँ
रुपियाँ हो त लाटी चेकबुक भनेको
बैंकबाट करोडौं झक्िन सकिने चेकबुक
उसले मेरो गल्ती समातिहाली
चेकबुक त जुनसुकै व्यागमा पनि
अट्छ नि !
किन त्यस्तो महँगो ?
त्यो चाहिं किन त्यस्तो महँगो ?
उसले मलाई रयाख्रयाख्ती पार्न थाली
अब मलाई अप्ठयारो पर्यो
सम्हाल्न खोज्दै कुरालाई
अमूर्त विषयतिर मोडें
त्यो ब्यागमा रक्तचन्दन भरिएको
ट्रक अट्छ
लाउडा जस्तो सिङगै जेट प्लेन अट्छ
अरू पनि धेरै कुरा अट्छन् त्यसैले ….
यसपछि भने उ अलमल्लमा परी
पत्यार र अपत्यारको बीचमा
धेरैबेर सम्म पिङ् खेलिरही
उसको मौनतालाई तोड्ने अभिप्रायले
मैले उसित सोधें
एक लाख सैंतिसहजार पायौ भने
नानू के गछर्यौ ?
के तिमी पनि त्यस्तै ब्याग किन्छयौ ?
उसले निमेषभर पनि बेर नगरी
मन्टो हल्लाएर तत्काल जबाफ दिई
किन्दिन अ हँ म त त्यस्तो ब्याग किन्दिन
अनि के गछर्यौ त ?
मैले लेग्रो तानेर अन्तिम प्रश्न
अघिसारें
म गरिब भोकालाई
खाने कुरा किनिदिन्छु
बिरामीलाई औषधि किनिदिन्छु
अनि ….. अनि …. त्यो छ नि
सुन्तली दिदीको नाम काटिएको छ
म उसको फिस तिरिदिन्छु …..
मेरो आँखा भरिएर आयो
आल्हादित भएर मैले
नातिनीको खुट्टा ढोगिदिएँ
अनि छाती तन्काएर
सगर्व प्रश्न गरें आफैंसित
कसले भन्छ नेपालको भविषय
अन्धकारमय छ .

(साप्ताहिक “नेपाल”मा “प्रधानमन्त्री पुत्रीको राजसी किनमेल” पढेपछि लेखेको ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *