कालीप्रसाद रिजाल

गामबेसीका सर्जक

क्षेत्रप्रताप अधिकारी स्वयंमा एउटा राम्रो कविता र मिठो गीत थिए । बारम्बार सुनौं सुनौं लाग्ने, पढौं पढौं लाग्ने । उनको असामयिक निधनबाट नेपाली साहित्य र संगीतले एउटा प्रतिभाशाली सर्जक गुमायो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कहाँ गयो होला

  • by

कहाँ गयो होला त्यो भीर गाउले बुढो
त्यो बारी खन्ने सबको भारी बोक्ने बुढो

पहाडमा घर छ सबै छन् भन्थ्यो
छोरा बुहारीले सहेनन् भन्थ्यो
दिएको लिन्थ्यो सघाई दिन्थ्यो
हाँसिरहन्थ्यो कहिलेकाहीं रुन्थ्यो
आजकल देखिन्न त्यो कहा नि गयो
त्यो बारी खन्ने सबको भारी बोक्ने बुढो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भन्ने कुरा न हो

  • by

तिम्रा लागि ज्यान दिन्छु तिमी मेरो मनको राजा
सँगै जिउने सँगै मर्ने हाम्रो चोखो चोखो नाता
यो त सब भन्ने कुरा न हो

कसलाई फुर्सद हुन्छ कोही अरूको बारे सोच्ने
आफ्नो खुसी बिताएर कोही अरूको पीडा बोक्ने
तिम्लाई दिन्छु फूलै फूल म त लिन्छु काँडै काँडा
यो त सब भन्ने कुरा न हो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मन पराउने हजार भेटिन्छन

  • by

मन पराउने हजार भेटिन्छन जूनी काट्ने एउटै हुन्छ
जति रूवाओस् धरधरी रूवाओस् आफ्नो मान्छे आफ्नै हुन्छ

जति भुलुँ शहरको रमझममा मन त आफ्नो गाउँमै हुन्छ
साथी सुखमा हजार भेटिन्छन् दुख बाँड्ने एउटै हुन्छ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

आखिर किन लेख्छु म ?

  • by

“तपाईं किन लेख्नुहुन्छ?” पत्रकारले बारम्बार सोध्ने प्रश्न हो यो। केही घटना, विषय या उद्देश्यभित्र कतै स्पर्श गर्छ, विचार एवं भावनाहरू उद्वेलित हुन्छन्, तिनलाई व्यक्त गर्न नपाउञ्जेल एकप्रकारको छटपटी, पीडाजस्तो अनुभव हुन्छ। त्यही पीडा र उकुसमुकुसबाट मुक्त हुन म लेख्ने गर्छु।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

उत्तराखण्डका चारधाम घुम्दा

बद्री, केदार, गङ्गोत्री र जमुनोत्रीलाई उत्तराखण्डका चारधाम भनिन्छ । पानी परेर पहिरो जानथालेपछि आवागमन अबरुद्ध हुने भएकोले गङ्गोत्री, जमुनोत्रीको यात्रा अति नै विकट हुँदोरहेछ । जेठको २२ गते र असारको २६ गते प्रस्थान गरेर दुई पल्टसम्म प्रयास गर्दा पनि बद्री, केदारभन्दा अगाडि जान नसकिएकोले हाम्रो चारधाम गर्ने धोको पूरा हुनसकेको थिएन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

तीन असाधारण सम्झना

  • by

जीवन पनि रेलको यात्राजस्तै हो । कति चढ्छन्, कति उत्रन्छन् । भेट हुन्छ, केही समय सँगै बिताइन्छ । फेरि आफ्नो ठाउँ आएपछि छुट्टिनुपर्छ । समयसितै तिनीहरू विस्मृतिमा हराउँदै जान्छन् । सम्झेर साध्य पनि हुँदैन । तर, केही व्यक्ति यस्ता पनि हुँदा रहेछन्, जो बाँचुन्जेल स्मृतिमा बसिरहन्छन् । मेरो जीवनमा आएका त्यस्ता केही असाधारण व्यक्तिको यहाँ चर्चा गर्न चाहन्छु ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

खगेन्द्र जो अब रहेनन्

  • by

अङ्ग्रेजी पत्रिका ‘हिमालियन’ को भित्री पृष्ठमा सानो दुई चार हरफको समाचार छापिएको थियो ‘साहित्यकार रहेनन्’ शिर्षक दिएर । समाचार पढेपछि म स्तब्ध भएँ । पूर्वाञ्चलका प्रसिद्ध साहित्यकार खगेन्द्र प्रधानाङ्गको ८६ वर्षको उमेरमा निधन भएछ । उनको निधनको समाचारले पत्रपत्रिकामा जुन महत्व र स्थान पाउनुपर्थ्यो त्यो पाएको देखिएन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सब भन्न सक्छु

  • by

म कुनै सिद्ध आत्मा होइन,
न कुनै दिव्य दृष्टि छ मसित
तर आँखा चिम्लेर भन्न सक्छु
यो देशमा कहाँ के भइरहेछ !

यतिबेला सिंह दरबारमा
राष्ट्रको ढुकुटीबाट
लाखौंलाख बाडिँदै छ
आफ्ना कार्यकर्तालाई

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

संयोग भनौं कि चमत्कार !

  • by

चार धामका लागि द्वारिका र जगन्नाथपुरी बाँकी थियो । यो दसैँमा पूरा गर्ने भनेर अठोट गरियो तर कमसेकम डेढ दुई महिना पहिले टिकट लिनुपर्ने रहेछ । समय भिड्काएर लिँदा जताको टिकट पाइयो पहिले त्यतै जानपर्ने भयो तर सिट आरक्षित भएपछि भीडभाडबाट भने मुक्ति पाइयो । हरेक बिहीबार गोरखपुरबाट रेल सिधै द्वारिका जाँदोरहेछ । हाम्रो पहिलो गन्तव्य त्यही भयो । त्यसपछि द्वारिकाबाट मुम्बई हुँदै सिरडीका लागि मनमाड जानपर्ने भयो । सिरडीबाट फेरि फर्केर मुम्बईबाट तिरूपति जाने र त्यहाँबाट जगन्नाथपुरी हुँदै कलकत्ता निस्किएर गोरखपुर र्फकनुपर्ने भयो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •