कालीप्रसाद रिजाल
उत्तराखण्डका चारधाम घुम्दा
बद्री, केदार, गङ्गोत्री र जमुनोत्रीलाई उत्तराखण्डका चारधाम भनिन्छ । पानी परेर पहिरो जानथालेपछि आवागमन अबरुद्ध हुने भएकोले गङ्गोत्री, जमुनोत्रीको यात्रा अति नै विकट हुँदोरहेछ । जेठको २२ गते र असारको २६ गते प्रस्थान गरेर दुई पल्टसम्म प्रयास गर्दा पनि बद्री, केदारभन्दा अगाडि जान नसकिएकोले हाम्रो चारधाम गर्ने धोको पूरा हुनसकेको थिएन ।
तीन असाधारण सम्झना
जीवन पनि रेलको यात्राजस्तै हो । कति चढ्छन्, कति उत्रन्छन् । भेट हुन्छ, केही समय सँगै बिताइन्छ । फेरि आफ्नो ठाउँ आएपछि छुट्टिनुपर्छ । समयसितै तिनीहरू विस्मृतिमा हराउँदै जान्छन् । सम्झेर साध्य पनि हुँदैन । तर, केही व्यक्ति यस्ता पनि हुँदा रहेछन्, जो बाँचुन्जेल स्मृतिमा बसिरहन्छन् । मेरो जीवनमा आएका त्यस्ता केही असाधारण व्यक्तिको यहाँ चर्चा गर्न चाहन्छु ।
खगेन्द्र जो अब रहेनन्
अङ्ग्रेजी पत्रिका ‘हिमालियन’ को भित्री पृष्ठमा सानो दुई चार हरफको समाचार छापिएको थियो ‘साहित्यकार रहेनन्’ शिर्षक दिएर । समाचार पढेपछि म स्तब्ध भएँ । पूर्वाञ्चलका प्रसिद्ध साहित्यकार खगेन्द्र प्रधानाङ्गको ८६ वर्षको उमेरमा निधन भएछ । उनको निधनको समाचारले पत्रपत्रिकामा जुन महत्व र स्थान पाउनुपर्थ्यो त्यो पाएको देखिएन ।
संयोग भनौं कि चमत्कार !
चार धामका लागि द्वारिका र जगन्नाथपुरी बाँकी थियो । यो दसैँमा पूरा गर्ने भनेर अठोट गरियो तर कमसेकम डेढ दुई महिना पहिले टिकट लिनुपर्ने रहेछ । समय भिड्काएर लिँदा जताको टिकट पाइयो पहिले त्यतै जानपर्ने भयो तर सिट आरक्षित भएपछि भीडभाडबाट भने मुक्ति पाइयो । हरेक बिहीबार गोरखपुरबाट रेल सिधै द्वारिका जाँदोरहेछ । हाम्रो पहिलो गन्तव्य त्यही भयो । त्यसपछि द्वारिकाबाट मुम्बई हुँदै सिरडीका लागि मनमाड जानपर्ने भयो । सिरडीबाट फेरि फर्केर मुम्बईबाट तिरूपति जाने र त्यहाँबाट जगन्नाथपुरी हुँदै कलकत्ता निस्किएर गोरखपुर र्फकनुपर्ने भयो ।

कहाँ गयो होला त्यो भीर गाउले बुढो