Skip to content

उमेश चौलागाईं

मेरो देशको सडक

परिवर्तनको सपना वाडनेहरूसँग
प्रगतिका गीत गाउनेहरूसँग
विकासका वाजा बजाउनेहरूसँग
फुरुंग परेर
टायरका राप र धुवाहरू सहँदै
शोषणका अवशेष नहुनेः जंगली
अन्यायको अनुभुति नहुनेः चेतनाविहीन
अत्याचारको वोध नहुनेः अवोध्य

दशैं

मूल ढोकामा घडा थापेर
स्वागतमा आतुर मनहरूको
उत्साह र उमंगको वास्ता नगरि
भवितव्यलाई बनाईएको जस्केला हुदै
आशाहरू चियाउने झ्यालहरू हुँदै
मन अडेका भित्ताहरूलाई जिल्ल पारेर
लुसुक्क कालो विरालो कै चालमा
भित्रिईसकेछ
सधै झै यसपाला पनि
बडा दशैँ

मकै भित्रको घुन

घोघामा दानाहरू पस्दै गर्दा
जुंगाका रेखीहरू बस्दै गर्दा
खोस्टाको कोमलतामा खेल्दै
परागकणसँग मितेरी लगाएर
झुक्काउदै लुसुक्क छिर्दछ फुल भएर
दाना बढदा पनि
रहिरहन्छ सुसुप्त भएर
मकैभित्रको घुन

मुग्लानएको मान्छे

मनमा धोकोहरू बोकेर
रहरका पोकोहरू बोकेर
कल्पनाको विशालतामा मख्खिँदै
बर्तमानको भोगाईमा पिल्सिएको
एउटा मान्छे
भविष्यको सपना बुनेर
जीवनलाई अंकमा गुनेर
जब मुग्लानिन्छ

तिमी पारि पुगेपछि

यता एक्लै भए म त, तिमी पारि पुगेपछि
तर्न मैले सकिन है, जंघारमाथि उठेपछि

धोका दिई चल्यौ तिमी, जान्छौ कता थाहा छैन
कता गई कस्लाई भनौ, हृदयलाई चुटेपछि

जिउन चाहन्छु

हाँसोलाई जीवनको अंश ठान्दै जिउन चाहन्छु
रोदनलाई जीवनको बंश मान्दै जिउन चाहन्छु

आखिर जीवन पोखरी रैछ सुख दुख तैरिने
दुख पिएर आफ्नो भागमा जिउन चाहन्छु

मान्छे र प्रवृत्ति

देखाउँछन काम, लेखाउन नाम कस्तो यो रहर भो ।
स्तरीयता विना बरियता खोज्ने, अचम्मको लहर भो ।।

लेखनीमा भन्दा देखनीमा जोड दिने यहाँ साहित्यकार भो ।
बाली सुक्दा नि, पानी नबग्ने कुलो, सिंचाईको नहर भो ।।

अभिसप्त समयको घिनलाग्दो पात्र

एताको मानो खाएर,
उताको दुनो सोझ्याउने
आफ्नाहरुको सम्मान नगर्ने
उताकाहरुको भक्तिगान गर्ने,
यो समयमा
तिमी त प्रतिनिधी पात्र मात्र हौ,
सवैलाई थ्ाहा छ,
तिमील्ााई दिशानिर्देश गर्नेहरु