Skip to content

तिमी पारि पुगेपछि


यता एक्लै भए म त, तिमी पारि पुगेपछि
तर्न मैले सकिन है, जंघारमाथि उठेपछि

धोका दिई चल्यौ तिमी, जान्छौ कता थाहा छैन
कता गई कस्लाई भनौ, हृदयलाई चुटेपछि

विना बादल बर्षा होला, कल्पनामै थिएन है
सपनाको के आशा हुन्छ, विपनामै लुटेपछि

विश्वासमा घात गर्यौ, साथ दिँदा दिँदै पनि
भुल्दैछु म तिम्लाई अब, सम्झिऊँ किन छुटेपछि

कसम त खाथ्यौ तिम्ले सँगै बाच्ने सँगै मर्ने
के नै बाँकी रहयो अब, सम्बन्ध यो टुटेपछि

Leave a Reply

Your email address will not be published. Required fields are marked *