आऊ नेताहरू आऊ
अझै अगाडी आऊ
सडक वन्द गराऊ
सदन वन्द गराऊ
कलकारखाना वन्द गराऊ
ब्यापार ठप्प बनाऊ
व्यवसाय ठप्प बनाऊ
देशलाई अस्त्यव्यस्त्य बनाऊ
एउटालाई गिराऊ
अर्कोलाई बनाऊ
बनाऊ, नयाँ नेपाल बनाऊ
भत्काऊ
तोडिदेऊ
मोडिदेऊ
फोडिदेऊ
तीललाई पहाड बनाऊ
पहाडलाई तील बनाऊ
जुटन नदेऊ
ऊठन नदेऊ
सुत्न नदेऊ
नेपालीलाई खस बनाऊ
मधेसी बनाऊ
तामांग बनाऊ
मगर बनाऊ
थारु बनाऊ
गुरुङ बनाऊ
राई बनाऊ
लिम्वु बनाऊ
शेर्पा बनाऊ
क्षतविक्षत बनाऊ
भाषै भाषा बनाऊ
बनाऊ, नयाँ नेपाल बनाऊ
बनाऊ , बनाऊ
जिम्मा तिमीहरूकै छ।
आफ्नै हात जगन्नाथ
तिमीहरूले जे गरे पनि हुन्छ
कसले के सोध्छ
सोधे जवाफ नफर्काऊ
वक वक गरे
विल्ला भिडाऊ
माथी माथी मिल
तल तल जुधाऊ
बनाऊ, यसै गरि बन्नेछ
नयाँ नेपाल बनाऊ
कहिले यो भन
कहिले त्यो भन
कहिले यो गर
कहिले त्यो गर
जनता नहेर
समाज नहेर
देश नहेर
पहिला आफूलाई बनाऊ
परिवारलाई बनाऊ
आफ्नालाई बनाऊ
पार्टीकालाई बनाऊ
टन्न खाऊ
बनाऊ, नयाँ नेपाल बनाऊ
तिमीहरू कहां पुगेका छैनौ
कहाँ देखेका छैनौ
के जानेका छैनौ
के वुझेका छैनौ
के पढेका छैनौ
के गरेका छैनौ
अझै पनि कमी लाग्छ भने
क्षमता
योग्यता
सीप
कौशल
बौद्धिकता
तार्किकता बढाऊ
विकसित देश धेरै छन
विकास भैरहेका धेरै छन
त्यसैले एक्काईसौ शताव्दीमा
नयाँ नेपाल बनाऊ
अव्यबस्था र अविकासको जीवन्त संग्रहालय बनाऊ।
उमेश चौलागाईं

उमेशजी,
रचना नं ३,००० को लागि
उमेशजी,
रचना नं ३,००० को लागि धन्यबाद तथा बधाइ!
Verry nice poem. i wish to
Verry nice poem. i wish to auther best of success in future.
very nice poem…
very nice poem…
चौलागाई जी राम्रो कबिता
चौलागाई जी राम्रो कबिता अत्यन्तै राम्रो लाग्यो । अझ के के नपुगे जस्तो लाग्यो ।
हो, नयां नेपाल बनाऊ
परिवर्तन हैन हामीलाई
यथास्थिती गुज्रीन पाऊ
सकरात्मबाट सुध्रिन पाऊ
हो, नयां संबिधान बनाऊ
नेपाली पन हैन हामीलाई
भारतको ईशरामा नांच्न पाऊ
नेपालको सिमा मिचाएर हांस्न पाऊ
हो, हामी नेपाली सभ्य बनौं
नेपाली करन हैन हामीलाई
नेपाललाईनै भारत बनाऊ
पैसो हैन आईसी मास्न पाऊ
ईतिहासमै नभएको हरुवाहरुले राज होस
नैतिकतानै नभएको नेताहरुको बास होस
अष्टु …..