ईतिहास कथा हैन
जो कल्पनामा कोरलिन्छ,
ईतिहास ब्यथा हैन
जसमा कारुणिकता मात्र हुन्छ
ईतिहास यथार्थ मात्र पनि हैन
जसमा सबै सत्य हुन्छ ।
ईतिहास सोझो धर्सो होईन
जसको ईन्ची ईन्ची नाप्न मिल्छ ।
हो त ईतिहास
स्तुति हो
यो प्रस्तुति हो
जसमा बिजेता नायक हुन्छ ।
उसका सबथोक जायज हुन्छ ।
साधुलाई सुली अनि
चोरलाई चौतारी हुन्छ
भन्नलाई सत्यकै जीत हुन्छ भने पनि
साम दाम दण्ड भेदको
अस्त्र बाहकहरू
असत्यनै भएपनि
नायक बन्दछन ईतिहासमा
र
छाइदिन्छन पाना भरि
अनि आइदिन्छन
गाना भरि
जव बाल्यकालदेखि नै त्यही घोकाइन्छ ।
तव गोयवल्स पारामा
एउटा झुट स्थापित हुन्छ र
ईतिहास बन्दछ ।
