सृजामाता खण्डकाव्यमा आदिमतापरक चिन्तन
साहित्यमा निहीत भाषा, संस्कृति, मिथक, आदिम मानवीय वृत्तिको पहिचान गरी त्यसैका आधारमा साहित्यिक सौन्दर्यको आस्वादन गर्ने र कृतिको मूल्य निर्धारण गर्ने कार्य नै आदिमतापरक समालोचना हो । कुनै पनि साहित्यिक कृतिमा यिनै तत्वको पुनरावृत्ति हुन्छ भन्ने मान्यता यसको रहने हुँदा आदिमतापरक समालोचनाले आदिम वृत्ति, आद्यविम्बि र आद्यढाँचाका आधारमा कृतिको विश्लेषण गर्दछ । मिथक, धर्मशास्त्र, आदिमवृत्ति, आद्य ढाँचा तथा आद्यविम्बात्मक प्रयोगका दृष्टिले देवकोटाका सबै सिर्जना उच्च कोटिका छन् । यसर्थ आदिमतापरक चिन्तनबाट देवकोटा र उनका कृतिहरूको अध्ययन नगरे त्यो अध्ययन अपूर्ण नै रहने हुँदा यो लेख देवकोटामा आदिमतापरक चिन्तन र सृजामाता खण्डकाव्यमा प्रयोग भएका आद्यविम्बहरूको खोजी र विश्लेषणमा केन्द्रित रहेको छ ।
