Skip to content

महेशविक्रम शाह

बिजुली

बिजुलीदेवी घरबाट निस्किन् । घरको पछाडिरहेको पम्प चलाएर लोटामा पानी भरिन् । दाहिने हातले लोटा र बायाँ हातले घुम्टीको फेर समातेर सडकको किनारै किनारा उत्तरतिर लागिन् ।

सपनाको मोड

  • by

उसले अपहरण गरी ल्याएको बालक अर्काे खटियामा सुतिरहेको थियो। बालकको अबोध र शान्त मुद्राले बताउँथ्यो, उसलाई अपहरणको कुनै जानकारी छैन।

मध्यरातमा म्यानहटन

मध्यरातमा म्यानहटन असंख्य जूनकीरीहरूको उज्यालोमा जगमगाइरहेको थियो । टाढाबाट हेर्दा बिजुलीका चिमहरू जूनकीरीझैँ प्रतीत हुन्थे ।
हिजो मात्र पूरै न्युयोर्कभरि हिउँ बर्सेको थियो । हिउँले सम्पूर्ण जमिनलाई ढाकेको थियो । म्यानहटनका गगनचुम्बी भवनहरू र चिल्ला सडकहरू पनि जाडोले कठ्यांग्रिएका प्रतीत भइरहेका थिए ।

भुइँखाट

  • by

म भुइँखाटमा नै लम्पसार परेँ । म भुइँखाटमा सुत्न थालेको करिब एक साता हुन थालेको थियो । हुन त हाम्रो कोठामा डबल बेडको गद्दादार शय्या नभएको होइन । र, हामी दुई जोईपोइले त्यस गद्दादार बेडमाथि गुटुमुटिँदै जीवनका आनन्ददायक र रोमाञ्चक क्षणहरू नबिताएका पनि होइनौँ । हामीले यस पुरानो पलङको सट्टामा बजारमा आयात गरिएका विदेशी महँगा डबल बेडका पलङहरूमाथि सुत्ने सपनाहरू पनि नदेखेका होइनौँ । तर, यी सम्भावनाहरूका विपरीत हामी दुई जोईपोइको समान हक लाग्ने उक्त डबल बेडमाथि मेरो लोग्ने एक्लै उत्तानो परेर सुतिरहेको थियो अथवा सुत्ने नाटक गरिरहेको थियो ।

म पनि कुकुर

म अन्ततः कुकुर बन्ने प्रयासमा सफल बनेँ । मैले मनैदेखि आफूलाई कुकुर बनाउन खोजेको त होइन तर बेला यस्तो आएको थियो कि जहाँ पनि कुकुरका अनुहार र कुकुरका आवाजहरूसँग स्वामी भनिनेहरू बढी लोभिने गरेको पाएँ । आखिर स्वामीहरूलाई मान्छेको स्वाभिमानी अनुहार होइन, कुकुरको स्वामीभक्त अनुहार बढी प्यारो लाग्छ र मान्छेको इमानदारी नभई कुकुरको बफादारी सर्वश्रेष्ठ लाग्छ भने मान्छेजस्तो भएर बाँच्नुको कुनै तुक देखिनँ मैले ।

वधशालामा बुद्ध

  • by

उसलाई बन्दी बनाएर वधशालामा ल्याई पुर्‍याइयो, जहा“बाट ऊ हिजो मात्र भागेको थियो । उसलाई थाहा थियो, ऊ भाग्दाभाग्दै समातिएको खण्डमा क्रूरतापर्ूवक मारिन सक्छ । तर, यस खतराका बाबजुद ऊ वधशालाको बीभत्स र भयावह वातावरणवाट आफूलाई मुक्त गर्दै खुला आकाशको खोजीमा निरुद्देश्य हान्निएको थियो । दर्ुभाग्यवश ऊ भाग्दाभाग्दै समातिएको थियो । उसलाई पाता फर्काउ“दै वधशालामा ल्याई पुर्‍याइएको थियो, जहा“ उसले वषौर्ंैसम्म इमानदारीपर्ूवक कुशल वधिकको रूपमा आफ्नो सीप र कौशलको जादु प्रदर्शित गरेको थियो । ऊ वधशालामा वध गर्नका लागि ल्याइएका मान्छेमाथि लागेको अभियोग, तिनीहरूको रूपरङ्ग, जीउडाल र वर्गीय चरित्रबाट कसलाई कस्तो मृत्यु उपयुक्त हुन्छ भन्ने कुराको निर्ण्र्ााआफ“ै गथ्र्यो

छिमेकीको छाता र छाडा छोराहरू

पल्लो घरको छिमेकीले एक दिन मलाई फोन गरेर भन्यो, “भोलि तपाईंको घरजग्गाको नक्सा र लालपुर्जा लिएर मकहाँ आउनूस् । नक्सामा जग्गा उल्टोपाल्टो देखिएकाले नयाँ नापी गराउनु पर्लाजस्तो छ ।” मैले ‘हवस्’ भनेर फोन राखिदिएँ । मैले उसलाई ‘हवस्’ त भनेँ तर त्यसपछि भने मलाई चिन्ताले गाँज्न थाल्यो । आफ्नो घरको छिमेकीप्रति मेरो सद्भावना हुनुपर्ने हो, हामीबीचको सम्बन्ध आत्मीय र प्रगाढ हुनुपर्ने हो तर दुर्भाग्यवश हामीबीचको सम्बन्ध असल छिमेकीबीच हुनुपर्नेजस्तो थिएन । म मात्र होइन, उसका वरपिरकिा अन्य घरहरू पनि उसको विचार र व्यवहारबाट पीडित थिए । नभोग्नुपर्ने सास्ती भोगिरहेका थिए । तिनीहरूमध्येको एक म थिएँ र मेरो घर थियो ।

थुप्तेन ग्याछो

  • by

ऊ अर्थात् थुप्तेन ग्याछो आफ्ना साथीहरूसँगै गुम्बाको प्रार्थना कोठामा प्रार्थनाको मुद्रामा बस्यो । उसको ठीकअगाडि खेम्पो -गुरु थिए । उनको रातो कपडाले ढाकिएको शरीर र नाङ्गो मुडुलो टाउकोतिर दृष्टिपात गर्दै ऊ प्रार्थनाका शब्दहरू स्मरण गररिहेको थियो । खेम्पोले ढावा -बालक भिक्षुहरूतर्फ हेर्दै आफ्नाअगाडि राखिएको ‘पेचा’ -पुस्तकको पहिलो पृष्ठ पल्टाए ।

एउटा अर्को खाडल

  • by

ऊ खाडल खन्न थाल्यो । रातको निस्पट्ट अन्धकारमा जमिनमा छिटोछिटो खनिरहेकोे थियो ऊ । कोदालोले ताछेका माटाका चपरीहरूलाई डिलमा फाल्दै ऊ खाडललाई सकेसम्म लम्बाचौडा बनाउने ध्याउन्नमा थियो ।

करीब ५-६ घण्टाको पट्यारलाग्दो हिँडाइपछि सशस्त्र छापामारको टोली त्यस ठाउँमा आइपुगेको थियो । त्यो टोलीको मिलिसिया सदस्य थियो ऊ । छापामारहरूले विभिन्न आकार, प्रकार र बनोटका बन्दुक भिरेका थिए । तर, उसको हातमा कोदालो थियो । सयौँको सङ्ख्यामा रहेको सशस्त्र टोलीमा डोको र कोदालो बोक्नेहरूको सङ्ख्या पनि पुगनपुग सय थियो । कोदालो, बेल्चा र फरुवा बोक्नेहरू खाडल खन्नका लागि छुट्याइएका थिए भने डोको बोक्नेहरू युद्धमा मारिएका छापामारहरूलाई युद्धमैदानबाट डोकोमा बोकेर ल्याई खाडलसम्म पुर्‍याउन खटिएका थिए ।