Skip to content

राममणि रिसाल

एकैसाथ हराए, ‘मन र कलम’ मेरा

  • by

मेरो मन परेको कलम हराएको धेरै दिन भएको छ । खोजी गर्दैमा घाम डुबे, धेरै । त्यो मेरो मायाको खेती । मन भनेको कलमले पोखी दगुर्ने जताततै । मनको कुनै सिलसिला बेग्लै हुँदैन । जे जो आउँछ, सोही बर्सिन्छ । कलम सशक्त माध्यम । यसरी, अहिले मन र कलम दुबै नखेलेको असहज र असहृय स्थितिमा म सास फेर्दो छु । जान्दिन, आराम हो कि यो हैरानी ।

झरीसितै झर्‍यो मन

  • by

अहिले कलम उचाल्दा २०६६ साल माघको उत्तरार्द्ध छ, ‘उत्तरायण’ को सुरु गर्ने यो महिना सकिन पनि अब तीनैदिन मात्र बाँकी छ । आजै बाहिर चिसो बढ्दै जानुमा सबैतिर हिउँदे झरी सिमसिम बर्सिरहेका कारणले भएको बुझिन्छ । आफ्नै घरभित्र कैद छु म पनि । यही एकान्त समयको फाइदा उठाइ दुई-चार अक्षर कोर्ने विचार उदायो, तुरुन्तै ।

थाहा छैन मलाई

  • by

केही दिन अघि एकजना मित्र मेरा बासस्थानमा आई आफूलाई ‘लेखक कवि’ बनाइदिने अनुरोध गरेपछि मन मस्तिष्क दुवै हल्लिन थाले मेरा । हृदयको भित्री भूइंचालो छँदैछ फेरि चर्को अर्काे एकछिन जिल्लिएँ वा आत्तिए, सीधा उत्तरको अभावमा के भनौं र गरौं भो एक्कासी मलाई । यस्तो पनि हुँदोरैछ अनुरोध भन्ने कुराले मेरा सामु साहित्य सस्तो र महँगो दुवै एकैसाथ हुनपुग्यो । ‘लेखन’ को भित्री प्रशिक्षण कुनै शिक्षक वा क्याम्पसले कतै दिए पनि मेरा दृष्टिमा त्यो बाहिरी हो ।

‘स्मृति’को सानो रेखी हाल्दा

  • by

सुरुमा प्रसङ्ग अँगाल्दा महाकवि स्वर्गीय लक्ष्मीप्रसाद देवकोटाको ‘शतवाषिर्की’ विशेषाङ्कका रूपमा २०६६ साल कात्तिक महिनाको ‘मधुपर्क’ अङ्क प्रकाशित हुने भएबाट अहिले खुसी र दायित्व दुवै एकैसाथ थपिन आएको ठान्छु, ममाथि । साथै मधुपर्क परिवारको यो अत्यन्त प्रशंसनीय कार्य-योजना भएकाले ‘धन्य’ भन्छु ।