कमला बुढाथोकी सरुप

नदेखेको माया

उसलाई मैले देखेको छैनँ, स्पर्श गरेको पनि छैनँ र अँगालो मारेको पनि छैनँ तर अचम्मसँग बिहानीको सूर्यजस्तै प्रेमले मलाई आकुलव्याकुल बनाएको छ । मैले स्पर्श नगरेको मान्छेलाई म कसरी प्रेम गर्न सक्छु ? भन्ने प्रश्न वर्तमान विचलित बनाएको हो कि भन्ने नलागेको हैन । तर सधैँ र साँच्चै नै अँगालो नमारेको मानछेलाई मुटु नै दुख्ने गरी प्रेम गर्न सकिन्छ भन्नेचाहिँ लागेको थिएन । ‘यो संसारकी एक मात्र साथी ’ मलाई, उसले इमेल पठाएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

परदेशबाट पत्र

‘म अहिले प्रशस्त अनुभवरत छु । यस समय हामी एक्लै छैनौँ भन्ने कुरालाई हामीले सकारात्मक ढङ्गले लिर्नेपर्छ । भावनाहरू एक हुनु त यो संसारका सबैभन्दा महत्वपूर्ण कुरा हुन जान्छ । तिमीसँग भएको लगन, अनुभव, कर्तव्यबोध र वर्तमानको लक्ष्यलाई आग्रहका साथ तिमीले अगाडि बढाउन सक्छयौ भन्ने मैले पूर्णतः विश्वास गरेको छु । पक्कै पनि तिमी मेरो विश्वासलाई अति नै सम्मानका साथ लिनेछ्यौ भन्ने मैले आशा गरेको छु । आफन्तहरूबाट दिइने शुभकामनाका शब्दहरू पक्कै पनि स्वीकार्य हुनेछन् भन्ने विश्वास पनि ममा छँदैछ ।’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बिहे

‘ओइलाउने फूल जस्तो माया नमार’ रेडियोबाट लगातार घन्किएको यो आवाज मन पर्न थालेको थियो । त्यसो त मायाप्रीतिका कुरा गर्न घरमा त्यति सहज वातावरण भने हुदैन । धार्मिक गानामा मस्त हजुरबुबाका अगाडि मायाप्रीतिका कुरा गर्दा त घर नै उचाल्ने गरी उहाँले ‘राम राम’ भन्नुहुँदा गाउँको भेला नै बस्छ । त्यसैले झ्याल खोलेर माथि उदाइरहेको चन्द्रमा हेर्दै म मायाप्रीतिका कुराहरूलाई र अनुभवहरूलाई मुटुभित्र नै दबाउन खोजिरहेकी हुन्थे ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भगवतीकुमारीको माया

भगवतीकुमारी छानाबाट खसेजस्तो भई । उसको मुख सुक्यो । गाला सुके र शरीर नराम्रोसँग काम्यो । कल्पनै नगरेको घटनाले आङमा ग्रहण लागेजस्तो भयो । श्वासप्रश्वास यसरी ह्वातै बढ्ला भन्ने त उसले सपनामा पनि सोचेकी थिइन । “दुःख नमान् भगवती ! कर्मको फल नबेहोरी हुँदो रहेनछ । के गर्ने त फुटेको कर्म लिएइर जन्मिएपछि ! राम्रो कर्म भएको भए त काखभरिको लोग्नेले घरको न घाटको बनाउँदैनथ्यो नि ।”

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मित्रता

अचम्मसँग बिहानीको र्सूयजस्तै मित्रताले आकुल-व्याकुल बनाएको छ । म कसरी मित्रतामा भन्ने प्रश्नले वर्तमान विचलित बनाएको हो कि भन्ने नलागेको हैन । तर सधैं र साँच्चै नै मित्रतामा माया सकिन्छ भन्ने चाहिँ लागेको थिएन ।

“यो संसारकी एक मात्र” उसले इमेल पठाएको छ । जब तिमी मित्रताको पराकाष्ठामा उन्मुक्त भएको वातावरणमा आफूलाई पाउनेछौ तब तिम्रो मन दुख्ने कुराहरू पराजीत हुनेछन् र त्यतिखेर तिमीले बिस्तारै बिहानीको जस्तै शीतलता महसूस गर्नेछौं ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मखमलीको बिहे

“बुझिस, सबैको काखी बजाएर तेरी छोरीले हाम्रो नाक काटी,” मेरो छिमेकी सनकेले उसकी स्वास्नीलाई यसो भन्यो र तमाखु भर्न आगो खोस्रन थाल्यो । “अब यो जन्ममा त के सात जन्मसम्म त्यसको मुख हेर्दिन ।”

“यदि तैले त्योसँग भेट्ने कोशिस गरेको थाहा पाए भने मेरो मरेको मुख देख्लिस् अनि गाउलेले लोग्ने टोकुवी भनेर तँलाई बस्न खान नदेलान् ।” सनकेले सासै नफेरी बोल्यो र आँखाबाट तरक्क दुई थोपा आँसु झार्यो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धमा बाँच्न सकिदैन

“हाम्रो मित्रता कहिल्यै छुट्ने छैन । तिम्रो पहिलो वाक्य मेरो जीवनको मत्वपूर्ण घटना भएको थियो । घटना यस अर्थमा, मेरो भावना र मेरो जीवनयात्रामा यसरी सौहार्द कसैले पनि पोखेका थिएनन् । वास्तवमा एकलासको जीवन बितिरहेको म वाक्क भएको बेला तिम्रा दुई शब्दले म कति प्रफुल्लित भएकी थिएँ । कति रात तिमीलाई सोच्तासोच्तै बिहान हुन्थ्यो । म कल्पना पनि गर्न सक्तिन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अप्राप्य मोड र तिम्रो माया

“जिन्दगी मेरो परिभाषामा, त्यति नै अप्ठ्यारो र नितान्त अपर्याप्त विषयवस्तु भएको छ र म त्यसलाई सजिलै स्वीकार्ने पक्षमा छैन,“ ऊ गम्भीर भएर यी कुराहरू बोल्छ ।

ऊ भन्नाले अनाम अर्थात् मेरा अभिन्न मित्र । ऊ अक्सर गरेर यसरी नै फटाफट बोलिदिन्छ, म भने त्यो अवस्थामा कुनै उत्तर दिन नै पाउदिन । कस्तो सम्झौता भएको छ हाम्रो बीचमा र हामी आफूमै अन्यौल छौं।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मेघावती पटेलको माया

ऊ बाहिरियो । ऊ अर्थात् नवीन बाहिरियो । स्वास्नीलाई जान्छु पनि नभनी जुत्ता लगाएर ऊ छिटो छिटो तलको छिडी पनि काट्यो । अफिसबाट फर्केर सधैं त चिया पान गरेर मात्र हिड्ने ऊ आज स्वास्नी भान्सा गएकै बेला पारेर निस्कियो ।

उसको हरेक साझ घरबाट निस्कने यो क्रम बिगत सात महिनादेखि चलिरहेको छ । उसलाई मेघावतीसँग भेट्नु छ । बिहारमा जन्मेर पनि नेपालीसँग भागेकी मेघावती उसलाई मन परेको छ । मेघावतीका आँखाले उसलाई बेहोस परेको छ । राम्री अनि केही ब्येहोर्न नपर्ने । उसको मन मेघावतीको मायाले पग्लिएको छ । उसलाई मेघावतीप्रति गौरब लागेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पातलीको माया

“पातलीसँग बिहे गर्न पाए बल्ल मर्दको छोरा भनेर गर्दन फुलाउदै हिड्नु हुन्थ्यो ?” तामाङले चुरोट सल्काउँदै बार्दली छेउमै उभिएर बोल्यो ।

“तँ काठमाडौँमा छस्, उता गाउमा पातलीले तेरा लागि जोबन जोगाएर राखेकी होला त “? मैले पनि छेड हानें ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
KamalSarup-02

रामप्रसादकी छोरी

रामप्रसादकी छोरी हराएकी छ । तर गाउँमा बढेका छोरीहरू हराउनु कुनै नौलो कुरा हैन । किनभने गाउमा बढेका छोरीहरू हराउनु भनेको प्रचलित उखान जस्तै भएको छ। त्यसैले ऊ यस्ता कुराहरुमा खासै वास्ता गर्दैन । तर बिडम्बना अहिले आफ्नै छोरी बेपत्ता भएकी छ र ऊ बिचलित छ ।

यतिबेला रामप्रसाद भर्खरै मेला सकेर घरभित्र पसेको छ। स्वास्निलाई सम्झाउनु छ । स्वास्नीसँग यतिबेला त हो नि दुख सुखका कुराहरू गर्ने । अरु बेलामा त फुर्सदै मिल्दैन । ऊ आफ्नी स्वास्नीलाई असाध्य माया गर्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

लाहुरेसँगको पिरती

“बैनीको दया छ भने रोदीघर दाइ नाच्यो नभने ।”

बिर्खबहादुरले हातमा बोकेको रेडियोबाट यो गीत घन्किदा सुक्रबरे हाट नै रिमझिम भएको छ । सेतो पैन्ट, फूल्बुटते कमिज, घाटीमा सानो चिटिक्क परेको रुमाल, हातमा घडी र रंगीन चस्मा लगाएको र आफूले भिरेको फोनमा नेपाली र हिन्दी गीतहरू सुनाउदै बिर्खबहादुर आज सुक्रबरे हाट भर्न आएको छ । दस वर्षपछि लाहुरे भएर फर्किएको बिर्खबहादुरको फुर्तिले गाउँका तरुनीहरू ‘लाहुरे दाइको जोवन नै राम्रो’ भनेर गिज्याउन थालेका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मायामा विद्रोह

म वर्तमान सँगसँगे हिँड्न थालेँ । हुन त मेरा प्रत्येक हिँडाइहरूको अवमूल्यन हुन सक्तैन भन्ने कुराको विश्वासलाई मैले वर्तमानसँग दाँजेर हेरेको छु । म वास्तवमा विम्बको खोजीमा छु । त्यो विम्ब वर्तमान हो भन्ने कुराले मलाई त्यति नै क्रियाशील बनाएको कुरालाई मैले नकार्न पनि सकिरहेको छैन । त्यसैले त मैले आफूलाई विद्रोही बनाएको छु । त्यो विद्रोह हाम्रो मायाको भएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रिबिने कान्छी

‘त्यो खप्परेले मलाई जारी हाल्नै सक्तैन ।’ उसले मनमनै यति कुरा गर्दै आफ्नो सुरुवाल कस्यो । दौरालाई ऐनाअगाडि टमक्क कसेर मिलायो । ‘हैन, जुनसुकै रङको दौरा लगाए पनि कति नसुहाएको ?’ उसलाई आफैँसँग रिस उठ्यो ।

‘तिमी जस्तोसुकै देखिए पनि म त ज्यान पो दिन्छ ए साहिँला !’ मास्तिर रिबिने कान्छीले बोलेका यी शब्दहरू नै त हुनु् उसका लागि बाँच्ने उपाय ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
KamalSarup

जीवनको अर्थ प्रेम

जीवनको शाब्दिक अर्थ प्रेमसँग पनि पुनरावृत्ति हुनु हो तर प्रेमलाई स्वीकार्नुपर्छ जसरी जीवन स्वीकार्नुपर्छ या बाँच्नुपर्छ भन्ने मान्ययता हो ।” यसले साउती मादैँ बोल्यो । “तर सत्य जीवन भोग्नु पनि हो, जीवन पढिनु पनि हो जुन हामी वर्तमानमा पढिरहेको छौँ ।” तर फगत बाँच्नुपर्छ र त्यो स्वीकार्य र अस्वीकार्य के हो महसुस गर्न पनि सकिँदैन ।” उसले मतिर फर्केर मुसुक्क हाँस्दै फेरि भन्यो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

यात्रा नर्फकने गरि

  • by

विभाजित र स्तब्ध
एउटा खुड्किला माथि उठेर
निरन्तर यात्रा आरम्भ भएको छ
हो ! आफू उभिएको माटो छोएर
नफर्कने
यात्रा आरम्भ भइसकेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

समुद्रको छेउमा

समुद्रको छेउमा, त्यसमाथि पनि चन्द्रमा उदाइरहेको यो साँझलाई कसम खाएर म एकतमासले शब्दहरूलाई माया गर्दै यो पत्र लेखिरहेकी छु । ओहो, जीवनभन्दा पनि महत्वपूर्ण कुरा भावना कसरी हुनसक्छ ? अहिले आएर मैले विश्वास गर्नै पर्ने एउटा बहसको विषय यो पनि भएको छ । शनिवारको रात र तिम्रो सम्झनाको स्पर्श अहिले मलाई के पनि लागेको छ भने जीवन वास्तवमा कति सत्य छ । जीवन सत्य छ, त्यसैले हामी बाँचेका छौं ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

परदेशी साथी

  • by

हर्कबहादुरसँग पहिलो भेटमै माया बस्ला भन्ने सोचेकी पनि थिइनँ । हुन त नसोचेको कुराले प्राथमिकता पाउँछ त्यो मलाई थाहा छ, तर भेट भएकोमा मैले गुनासो पनि पोखेकी छैन । ‘म घुम्न मन पराउने मान्छे’ उसले मेरो दाहिने हात समात्दै भन्यो । म झस्किएँ तर उसको हातसमाइले मलाई यसरी अव्यक्त पीडाभित्रको सुखानुभूति दिन्छ भन्ने चाहिँ मैले सोचेकी थिइनँ । यसरी आज ६,७ वर्षछिको हाम्रो मित्रतामा उसले निर्धक्कसँग मेरो हात समातेको थियो । हाम्रो समाजमा एउटा पूरा उमेर पुगेको केटाले एउटी उमेर पुगेकी केटीलाई हात समात्‍नु पक्कै पनि स्वीकार्य हुन सक्तैन भन्ने कुरालाई सायद उसले बुझेको पनि हुनुपर्छ । तर यतिखेर उसले समाजलाई बिर्सेको छ र निर्धक्कसँग बीचसडकमा मेरो हात समातेर सँगै जीवन बाँचौं भन्ने आग्रह गरेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

संयोग

उसले कपाल मिलाई । ओठको लाली मिलाई । कपडामा अत्तर छर्की गाजल लगाई र ऐना हेरेर फिस्स हाँसी । उमेरमा कति घमण्ड गर्थी आफ्नो रुपको । श्रृंगार पटार गरेर दाहिने पट्टिको कपालमा लाली गुराँसको थुम्को सिउरिएर हाटबजार मेलापात जहाँ जाँदा पनि प्रशंसा गर्नेको घुइँचो हुँन्थ्यो । यति ठाँट्टिएर बैंस देखाउँदै कता लागेकी हो ठाँट्टिएर हिँड्न त कसैले सिकाउँन पर्दैन नि भनेर आफ्नै साथीहरुले ईष्र्या गरेको पनि अहिले त जुग बितिसकेको छ । उसलाई रुन मनलाग्यो एतिखेर । ‘चिया खानु पर्यो’ उसले मनमनै चिया खाने निर्णय गरी र भान्छा भित्र पसी । स्टोभ बाली र कित्लीमा चिया उमाल्न थाली । उसको छाती पनि चियासँगै उम्लन थाल्यो । उसले उम्लिएको चिया र आफ्नो उम्लिएको छातीको तुलना गरी । उम्लिएको छातीले दिएको पीडालाई सहन नसकेर तुरुक्क आँसु झारी । यो कर्म पनि सँधैको अभागी रहेछ । कस्तो साइतमा जन्म भएको रहेछ । बरु जन्मेकै बेला साल नाल सहित आमाले तल खोल्सामा फ्यालिदिएको भए त हुन्थ्यो नि ! आखिर बाँचेर पनि के नै हुने हो र उसलाई वैराग्य लागेको छ । आँखाभरि आँसु भरिएर आएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •