साच्चै आज मेरो परिचय माग्दैछौ तिमी ?
साच्चै आज मेरो परिचय माग्दैछौ तिमी ?
यति चाडै बिर्स्यौ र तिमी मेरो परिचय सोध्यौ ?
के म त्यति साह्रो बेनामे भैसकेको छु र ?
यदि तिमी हृदयदेखि नै मेरो बारेमा जान्न चाहन्छौ भने
जाऊ गएर उषाको किरणलाई सोध ।
… प्रचण्ड गर्मीमा धुलोको कणसँगै बहने पसिनालाई
अनि गोधुलि साँझमा अस्ताउदो त्यो घामलाई पनि निर्धक्क सोधे हुन्छ ।
