Skip to content

डायटिंग

  • by


“भाइसाब अलिकति मिठाई दिनुस न !”

(प्लेट अघिल्तिर सार्दै) “धेरै हैन नि फेरि एउटा मात्र उफ्फ ! यो विवाह पार्टीमा नआउदा पनि नहुने आउनु भनेको नाफाभन्दा घाटा नै बेसी ।”

हुन त हिसाब किताब गर्नु त राम्रो होइन । फेरि खानामा उस्तै चिल्लो पिरो हुन्छ जसले खराब गरेरै छाडछ वास्तवमा यो भनेकै रोगको घर हो । डाक्टरले भनेको मैले यसबाट बच्नु पर्छ । ज्यान पनि अलि मोटाउदै गएको छ लुगा पनि कुनै ठीक हुन छाडिसके बेलैमा विचार पुर्याउनु पर्छ जस्तो लाग्छ । खाना जति कम खायो उत्ति राम्रो छेउबाट प्लेटमा पुलाउ मासु हाली र दही बडा लिई ।

एक गिलास दही खादै उसले भनी, “म त अचेल खान खान कम गर्दै छु नि ! प्राय सलाद फलफूल मात्र लिन्छु ।” छेउ छाउमा भएका मान्छेहरूलाई सुनाउदै थिई ।

“तिमीले पनि मैले जस्तै डायाटिंग गर्नु आफ्नो स्वास्थको ख्याल त राख्नै पर्यो फेरि मलाई चिल्लो पिरो त्यति मन पर्दैन पनि म अलिकति मात्र लिन्छु” एक गिलास जुस पिउँदै भनी ।

मिठाइको स्टल अगाडि बस्ने सोनुले भत्भताउदै भन्यो –“ अहिलेसम्म पाँच पटक भैसक्यो बर्फी र रसबरी लिन आएकी थोरै थोरै भन्दै कत्ति खान सकेकी उफ्फ ।”

मिसेस रोहिणीको प्लेट खाली भैसकेको थियो ।

लिला रिजाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *