अर्तनाद क्रन्धन बोकेर
चिच्याइरहेका छन वृक्षहरू
हे लाजलाई अन्तर्मन भित्र लुकाएका
मान्छेहरू हो !
उर्बर माटोलाई तिमीहरूले नै मरुभूमि बनाउदै छौ
यो शितल हराभरा दुनियालाई मात्र हैन
अनि यो सुन्दर सृष्टिलाई तिमीले नै बाँझो बनायौ
जसले तिमीलाई जिउन सजिलो बनायो
उसैलाई काटेर आलिशान महल बनौदैछौ
उजाडिएको ठाउमा कंक्रिटको बस्ती बसाल्यौ
अनि
सत्ताको लुछाचुडी गर्ने कुर्सी बनाउदैछौ
दर्दनाक स्वरमा ऊ गुहार माग्दैछ
प्रश्न गर्दैछ यो – दुनिया कसले बनायो ?
कसले येस्तो सृष्टि रच्यो ?
के यो पनि दुनिया हो ?
जसमा बसी भ्रस्ट्राचारको जरा गाड्यो
यसैको निम्ति लडाइँ चलायो
नातावाद र कृपावादको जालोमा रुमलिदै
सृस्तिको रक्षा गर्नु पर्ने चेतनशील प्राणी
हे मुर्ख मनुस्य हो
मेरो स्वास लिएर पनि मलाई धुलो पिठो पर्न छाडेनौ हैन ?
