साच्चै आज मेरो परिचय माग्दैछौ तिमी ?

  • by


साच्चै आज मेरो परिचय माग्दैछौ तिमी ?
यति चाडै बिर्स्यौ र तिमी मेरो परिचय सोध्यौ ?
के म त्यति साह्रो बेनामे भैसकेको छु र ?
यदि तिमी हृदयदेखि नै मेरो बारेमा जान्न चाहन्छौ भने
जाऊ गएर उषाको किरणलाई सोध ।
… प्रचण्ड गर्मीमा धुलोको कणसँगै बहने पसिनालाई
अनि गोधुलि साँझमा अस्ताउदो त्यो घामलाई पनि निर्धक्क सोधे हुन्छ ।
अँझै मेरो ठेगाना खोज्छौ हैन ?
मेरो गाउको गल्ली गल्लीले बताउने छ्न ।
अनि हिड्ने गरेको बाटोहरूले पनि बताई दिने छन ।
त्यति मात्र नभएर जाऊ गएर
सेतो च्यादर ओडेको हिमाललाई पनि सोध्न सक्छौ ।
तराईदेखि पहाड मधेस जुनसुकै धरातलमा छौ तिमी
त्यहाँ मेरो आभाष पाउनेछौ ।
अँझै पनि अल्मलियौ भने
मैले खेलेका पाखा पखेराहरूमा
मेरो अस्तित्व जीवितै छ ।
तिनीहरूलाई सोधेर त हेर
प्रकृति हुन ती कहिल्यै झुटो बोल्दैनन
फेरि पनि चित्त बुझेन भने
पराले छाप्राका भित्ता भित्तालाई सोध ।
ऊ बोल्न नसके पनि तिमीलाई महशुस गराउने छ ।
उसका अदृस्य आँखाहरूले
हरेक कोणबाट नियालेको छ उसले मलाई
मेरो सुख दुखको साथी बनेको छ ऊ
जिन्दगीको हरेक मोडमा सबैभन्दा राम्ररी बुझेको छ \
अनि साच्चै भन्नु पर्दा सबैभन्दा नजिकबाट मलाई उसले नै चिनेको छ
अँ साची सुन त तिमीले त्यो बदलिदो मौसमलाई सोधे पनि हुन्छ ।
एकधरो बस्त्रको लागि कठान्ग्रिदा पनि
आधी झरीमा जुझ्दै संघर्षशील यी मेरा पाइलाहरू रोकिएको छैन
अनि कसैको सामु मेरो दरिद्रता देखाएको छैन
आफ्नै स्वाभिमानमा बाचेको छु ।
त्यसैले बरु एकपटक उनलाई सोधेरै हेर
तिमीलाई मेरो परिचय चाहिए जति यिनै प्रकृतिले दिनेछन ।

लिला रिजाल (सुबेदी )

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *