Skip to content

लक्की चौधरी

माघी र यसको महत्व

  • by

पश्चिमका थारू जातिको सबैभन्दा महान् चाड र नयाँ वर्षको रूपमा मनाइने यस पर्वले थारूको बीचमा आपसी मेलमिलाप, समन्वय तथा सौह्रार्दपूर्ण वातावरणको सिर्जना गर्ने गर्दछ । थारू यस पर्वमा आफ्ना मान्यजन तथा पुर्खाको हातबाट शुभआशीर्वाद थाप्ने, आपसी मेलमिलाप गर्ने गर्दछन्, नातागोता कुटुम्बका बीच भेटघाट हुने सुअवसर प्रदान गर्ने, आपसी सम्बन्धमा सुधार आउने, चेलीबेटीलाई दानदक्षिणा दिने चलन भएकोले यस चाडको महत्त्व यस समाजमा अझै बढेको मान्न सकिन्छ ।

थारू जातिको नयाँवर्ष ‘माघी’

  • by

“सखिये हो ! माघीक् पिली गुरी जाँर …” (साथीहरू हो ! माघीमा पियौँ गुलियो जाँड) अधिकांश नेपालीको मुखमा झुण्डिएको यो थारू गीतको एक हरफले थारूको पहिचान झल्काउँछ । एकापसमा रमाइलो गर्ने, साथीभाइबीच प्रेम तथा आदरसम्मान गर्न सिकाउने ‘माघी’ पर्व थारू जातिको नयाँ वर्ष हो ।

थारु जनजीवनका नाचहरू

  • by

आफ्नै भाषा, संस्कृति, चालचलन, रीतिरिवाज, धर्म र संस्कार भएको थारू जातिका आफ्नै विशेष किसिमको मौलिकता र पहिचान रहेको छ । शिकार गर्ने, नाचगान गर्ने तथा खेती पशुपालनमा विशेषगरी आवद्ध यी जातिको विशेष किसिमको आफ्नै अस्तित्व तथा मौलिकता रहेको छ । मनोरञ्जनका लागि विशेष किसिमले आफ्नै गाउँघर समाजमा नाचकोर गर्ने र मनोरञ्जन लिने प्रचलन रहेको छ । यस जातिका नाचको बारेमा यहाँ चर्चा गरिएको छ ।